रास्वपा जनमत खस्किँदै

राजनीति समाचार

काठमाडौं । कान्तिपुरका मालिक कैलाश सिरोहिया हुन् वा रास्वपाका अध्यक्ष रवि लामिछानेको गिरफ्तारी उनीहरुले गरेका अपराधका आधारमा अदालतको आदेशले भएको हो । नयाँ पार्टी हामी जान्ने भन्दै कांग्रेस एमालेलाई गाली गरेर उम्रेको रास्वपाको देश जनताप्रतिको नीति छैन । विदेशमा पढेका जागिर खाएकाहरू जसरी कांग्रेस एमालेको भ्रष्ट मोह विरुद्धको जनमत समात्न सफल भए ।

जनताले साथ दियो तर त्यो साथलाई रवि लामिछानेको सत्ता मोहसँग जोडियो । अहिले पनि रवि बाहेक त्यहाँ अर्को नेतृत्वको विषय छैन सहकारीको रकम गोरखा मिडियामा भित्र्याएर बचतकर्ताको रकम डुबाइदिने काम हुनु नै रविहरूको लुट हो । तर यो कुरामा जनता विश्वस्त छैनन् ।

कांग्रेस र एमालेका एउटैले १४ करोड ५४ लाख हजम गर्दा पक्राउ नगर्ने रविलाई पक्राउ गर्ने यो भेदभावका कारण पनि रविको पक्षमा लहर आएको हो । रविलाई पोखराबाट रुपन्देही, विरगंज, चितवन हुँदै काठमाडौं ल्याउने सरकारको भित्री तयारी छ । षड्यन्त्रभित्र रमाएको ओली सरकारले अरु केही गर्दैन । कांग्रेसका धनराज, एमालेका ऋषिकेश पोखरेललाई छुँदैन । किन कि धनराजलाई समाउँदा कांग्रेस सत्ताबाट हट्छ । ऋषिकेश पक्राउ पर्दा प्रधानमनत्री केपी ओलीको प्रतिष्ठा घट्छ । प्रधानमनत्री अरुलाई तड्पाएर रमाउने पात्र हुन् । जसले रवि लामिछाने दुई पटक गृहमन्त्री बनेका थिए ।

सत्ता स्वार्थलाई रविले प्रधान अस्तित्व ठानेका कारण पतन भयो । जनतालाई एकपटक झुक्याउन सकिन्छ । नागरिकता राहधानी जस्ता कुरामा रविले हेलचेक्राई गरेकै हुन् । गल्ती गर्दा फसिन्छ । रविका पक्षमा अहिलेको जनमत निरन्तर रहँदैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *