थैली बोकेर दौडिँदै डिआईजी

राजनीति समाचार

काठमाडौं । जसरी कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीसँग छुट्ने बेलामा मर्ता क्या कर्ता भन्दै असार १५ को दही चिउरा खान बालकोट पुगे । त्यही अवस्था सशस्त्रका असफल डिआईजी किशोर प्रधानको सुरु भएको छ । उनको जागिर पुससम्म छ । गत वर्ष कार्य अवधिको ५ वर्ष पुरा हुँदा अवकाशमा जाने थिए । तर एक वर्ष म्याद थप भयो । उनी एआईजी हुने लाइनमा त थिए तर आरजुलाई दक्षिणा पुगेको छैन ।

गृहमन्त्री रमेश लेखक थपना हुन्, जसरी पहिला बालकृष्ण खाण थिए । अहिले गृहमन्त्रीसम्म फाइल पुगेको छैन । थैली चढाए सशस्त्रले पहिले पठाएको र अर्थमा थन्केको फाइल खोल्ने वातावरण बन्थ्यो । थैली लिएर प्रहरीमा किरण राणालाई बढ्ुवा गर्ने तयारी छ । उनलाई हिजो बढुवा गर्ने भनिएको थियो । भोलि १५ कात्तिक उनको विदाई हुन्छ । पैसाले काम गर्दा सरकारी विदा पनि जान्छ । ओली सरकारले यस्तो विषयमा ध्यान दिएको छैन ।

डिआइजी किशोर प्रधान सुदूरपश्चिका परेनन् । उनलाई दीपेन्द्र कुँवर, होम ज्ञवाली, महेन्द्र हमाल, गणेश मल्लजस्ताले बोक्दैनन् । यो टोली सशस्त्रमा कुनै ऐन नियम नलाग्ने नेताका कोठा र चोटा धाउने गफ लगाउने जाँड खाने ल्याकत राख्छ । यस्ताको साथ नहुँदा वरिष्ठताले केही नाप्दैन । आईजीपी राजु अर्याल बाँकी अवधि बिताउने यो टोलीले दिएको लिएर चित्त बुझाउनेमा छन् । सशस्त्रले हल्ला गरेर सीमा सुरक्षा कडा गरेको बताए पनि भ्रष्टहरुका लागि सीमामा सरुवा गर्दा नै उठाउने धन्दा जारी रहेको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *