काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको हो ।
छापावाल सुन प्रतितोला एक लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।