रवि लामिछानेको खोले ‘राष्ट्रिय स्वतन्त्र’ पार्टी, यस्ता छन् सात प्रमुख विशेषता 

राजनीति समाचार

काठमाडौं। राजनीतिमा होमिएका रवि लामिछाने आफ्नो पार्टीका संरचनाबारे जानकारी गराएका छन् । उनले मंगलबार आयोजित घोषणा सभामा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को सात विशेषताबारे जानकारी गराएका हुन् ।

आफूले प्रस्तावित गरेको पार्टीले प्रत्यक्ष निर्वाचिन प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्मको विशेषता प्रस्तुत गरेका छन् ।

उनले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गरे । स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने उनले बताए ।

लामिछानेले आफ्नो पार्टीको सात विशेषता यसरी सुनाए ।१ प्राइमेरी निर्वाचन हुने, २. युवालाई ५० प्रतिशत एकको व्यवस्था, ३. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने, ४. राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था, ५. डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने ६. परिवारवादलाई पूर्ण रूपमा निषेध र ७. भ्रातृसंगठन र कार्यकर्तारहित हुने जानकारी गराएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *