दलका नेताहरु शक्ति र पावरको आँडमा काण्ड मच्चाउँदै

राजनीति समाचार

काठमाडौं । जब राजनीतिक दलहरु सत्तामा पुग्छन् अनि एउटा न एउटा फण्डा मच्चाइहाल्छन् । दलका नेताहरुले शक्ति र पावरको आँडमा कहिले सर्वसाधारणलाई ठग्छन्, कहिले विदेशमा मानव तस्करी गर्छन्, मेनवार र कन्सल्टटेन्सी मानव तस्कर त गरिनै रहेका थिए हुदाहुँदा अहिले आएर मन्त्री र सांसदले समेत मानव तस्कर गर्न थालेपछि नेपालको बद्नाम भएको छ । यो रोग राजनीतिक दलभित्र चल्दै आएको छ । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी काण्ड मच्चाएर प्रहरी अनुसन्धानको घेरामा तानिएका छन् । त्यस्तै, कोशी प्रदेशका निर्वतमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी जापान भ्रमण जाँदा विना अनुमतिपत्र युवाहरुलाई जापान लगेको विषयलाई लिएर विवादमा तानिएका छन् ।

राजनीतिक दलहरुले निर्वाचन जितेपछि त्यसैको आँडमा विभिन्न धन्दा चलाउँदै आएका छन् । दलका नेताहरुले सर्वसाधारण जनता र देशको विकास गर्नुपर्नेमा आफ्नो पद भजाएर विभिन्न ठगी काण्डदेखि मानव तस्करी गर्नसमेत पछि परेका छैनन् । यस्तै परम्परा रहिरहने हो भने नेपालले कहिलेसम्म बद्नाम खेपिरहने ?

राजनीतिक दलका नेताहरु एउटा न एउटा काण्डमा मुछिदै आएका छन् । कांग्रेस सभापति शेर बहादुर देउवा पत्नी डा. आरजु रााणा देउवा भुटानी शरणाथी काण्ड र टिकापुर जग्गा काण्डमा मुछिएकी छिन् भने प्रधानमन्त्री केपी शर्मा ओली गिरिबन्धु टि–स्टेसनको जग्गामा मुछिएका छन् । त्यस्तै, तत्कालीन भौतिकमन्त्री विजयकुमार गक्षदार बालुवाटार काण्डमा मुछिएका थिए । त्यसैगरी, डा. बाबुराम भट्टराई पनि जग्गा काण्डमा मुछिएका थिए । उता, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बालुवाटार जग्गा काण्डमा मुछिएको आरोप उनीमाथि लागेको थियो ।

डा. बाबुराम भट्टराई र माधव कुमार नेपाललाई बालुवाटार काण्डको छानबिन सम्बन्धित निकायले गर्न सकेको थिएन् । सो बालुवाटार छानबिन काण्ड त्यत्तिकै सेलाएको छ । ठुला राजनीतिक दलका नेताहरुले पावर र शक्तिको आँडमा जतिसुकै काण्डमा आरोप लागेपनि चोखिदैँ आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली गिरिबन्धु टि–स्टेसन जग्गामा चोखिएका छन् । त्यस्तै, डा. आरजु राणा भुटानी शरणाथी काण्डमा चोखिएकी छिन् । यसले गर्दा ठुला दलका नेताहरुलाई चोख्याउने काम भएको र सोझासिधा सर्वसाधारण फस्ने गरेका छन् ।

त्यसैगरी कोशी प्रदेश निर्वतमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई राजिनामा गराएर चोख्याउने त होइनन् भन्ने प्रश्न सर्वसाधारणले गर्न थालेका छन् । मन्त्री अधिकारीले आचारसंहिताको विपरित जापानमा ४ जना युवाहरुलाई लगेर जापान सरकारको अध्यागमन विभागले चेकजाँच गर्दा नेपालको बद्नाम भएको छ । त्यस्ता धन्दा अनेक भइरहेका छन् । प्रदेश मन्त्री अधिकारी जापान जाँदा नेपालको अध्यागमन विभागले राम्रोसँग छानबिन र कागजपत्र नियालेको पाइँदैन । एयरपोर्ट अध्यागमनमा कार्यरत कर्मचारीहरुको लापरवाहिले पनि यस्ता घटनाहरु बारम्बार दोहोरिने गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *