कर्मचारी सरुवाको तयारी

प्रमुख प्रशासन समाचार

काठमाडौं । सरकारले निर्वाचन आचरसंहिता लागू हुनुअघि ठूलो संख्यामा सचिव र सहसचिवको चलाउने तयारी गर्दै छ । विशेषगरी गृह, अख्तियार र निर्वाचन आयोगसहित विभिन्न जिल्लाका सिडियोहरुको हेरफेरको तयारी चल्दै छ । सरकारले आगामी १७ र २७ बैशाखमा प्रतिनिधिसभाको निर्वाचको मिति घोषणा गरेको छ । निर्वाचन घोषणा भइसकेको अवस्थामा गृह मन्त्रालय र निर्वाचन आयोगको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले यी दुई कार्यालयमा क–कस्लाई पठाइएला भन्ने विषयमा अहिले धेरैको कौतुहलता छ । निर्वाचन आचारसंहिता लागू भएपछि कर्मचारीहरुको सरुवा वा बढुवाजस्ता कार्य बन्देज हुन्छ । त्यही कारण आचारसंहिता जारी हुनुपूर्व ठूलो संख्यामा कर्मचारी चलाउन लागिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले दुई साता अघिदेखि नै गृहकार्य गरिरहेको भए पनि आन्तरिक गृहकार्य नमिल्दा सचिव फेरबदलको अझै टुंगो लाग्न नसकेको हो । तयारी अनुसार गुहमन्त्रालयमा एकनाराण अर्याललाई गृहमा पठाउने तयारी चल्दै छ । संघीय मामिला तथा सामान्य मन्त्रालयको सचिव रहेका अर्याललाई कलकत्ताको महाबाणिज्यदूत, काठमाडौं महानगरपालिकाको कार्यकारी अधिकृत हुँदै गत असोजमा मात्र दुई दिनलाई पर्यटन मन्त्रालयमा सरुवा गरिएको थियो । सामान्यमा पुगेको चार महिना नपुग्दै उनलाई गृहमा लैजाने तयारी गरिएको बताइन्छ । अहिले गृह मन्त्रालयमा जान हाल संघीय मन्त्रालयका सचिव एकनारायण तथा सार्वजनिक खरिद अनुगमन कार्यालयमा कार्यरत सूर्य गौतमबीच प्रतिष्प्रर्धा चल्दै छ ।
यस्तै, अहिले अख्तियारमा पुगेका सुरेश अधिकारीलाई निर्वाचन आयोगमा लैजाने तयारी चल्दै छ । निर्वाचन आयोगमा जान सुरेश अधिकारी लाइन मिलाउँदै छन् । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया र अधिकारी दाजुभाइ (मामाका छोरा र फुपूका छोरा) हुन् । त्यसैले उनलाई आयोगमा जान सजिलो पर्छ । निर्वाचन आयोग र अख्तियारले आफूले चाहेको कर्मचारी आफैँ छान्न पाउछन् । यसैगरी उद्योग मन्त्रालयमा हाल प्रधानमन्त्री कार्यालयमा थन्काइएका तोयानारायण ज्ञवाली र हाल महिला मन्त्रालयमा कार्यरत यामकुमारी खतिवडा जान होडबाजी चल्दै छ । उनी ६ महिनाअघि मात्र उद्योगबाट महिला मन्त्रालयमा गएकी थिइन् । उनी पुरानो ठाउँमा फर्कन राष्ट्रपति विद्या भण्डारीसम्मको पावर लगाइरहेकी छन् । उद्योग मन्त्रालय बढी बजेट हुने मन्त्रालयमा पर्दछ । खतिवडा जागिर खाएदेखि नै उद्योगमा बसेकी कर्मचारी हुन् । उनी उद्योगकै सचिव भएको तीन वर्षपछि पहिलोपटक सरुवा भएकी हुन् । यता आफ्नो सरुवाको विषयमा सचिवहरु सबै कुहिरीमण्डलको कागझैँ छन् । अख्तियारमा भने राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल र श्रम मन्त्रालयका तोयम रायमध्ये एक जनाको प्रवल सम्भावना रहेको बताइन्छ । एक वर्ष कार्यकाल पूरा गर्ने गृहका महेश्वर न्यौपाने, निर्वाचन आयोगकी देवकुमारी गुरागाइँ, राष्ट्रिय योजना आयोगका केवल भण्डारी, प्रधानमन्त्री कार्यालयका महेन्द्र गुरागाई सरुवाको सूचीमा छन् । उनीहरुलाई जिज्ञासा राख्दा यो बिषयमा आफू जानकार नभएको प्रतिक्रिया दिन्छन् ।
तामाकोशीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *