कुलेखानी–कलङ्की सडक आजदेखि १९ दिनसम्म बन्द

विविध समाचार

काठमाडौं । कुलेखानी–कलङ्की–हुमाने सडक आज शुक्रबारदेखि मर्मतका लागि १९ दिन बन्द हुने भएको छ ।

प्रहरीले स्थानीय प्रशासन कार्यालयबीचको समन्वयमा सडक आजदेखि बन्द हुन लागेको जानकारी प्राप्त भएकाले सर्वसाधारण नागरिकलाई अफ्ठ्यारो नहोस् भनेर बिहीबार सूचना जानकारी गराइएको हो। काठमाडौं–हेटौंडा चल्ने सडकमध्ये कुलेखानी–कलङ्की–हुमाने सडक बन्द हुने भएपछि प्रहरीले वैकल्किप मार्ग प्रयोग गर्न सबै चालकमा अनुरोध गरेको छ ।

मकवानपुर, इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलङ्की–हुमाने सडकखण्ड कालोपत्र गर्ने प्रयोजनार्थ यही जेठ २ देखि २० सम्म (१९ दिन) सवारी आवागमन पूर्ण रूपमा बन्द हुने सार्वजनिक सूचनामा उल्लेख छ । स्थानीय प्रशासन तथा स्थानीय तहबीचको समन्वयमा सवारीसाधन बन्द गरेरै सडक निर्माण गर्न लागिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *