अल इत्तिहादले जित्यो साउदी प्रो लिगको उपाधि, हालसम्म २१ पटक यो उपाधिको विजेता

खेलकुद समाचार

काठमाडौं । अल इत्तिहादले साउदी प्रो लिगको उपाधि जितेको छ ।

गएराती सम्पन्न खेलमा अल राइदलाई ३–१ गोल अन्तरले पराजित गर्दै इत्तिहादले यस सिजनको लिग जितेको हो । लिगमा इत्तिहादको ३२ खेलमा ७७ अंक रहेको छ ।

त्यस्तै डिफेन्डिङ च्याम्पियन अल हिलाल दोस्रो स्थानमा रहेको छ । क्रिस्टियानो रोनाल्डोको टिम अल नासर भने हाल चौथो स्थानमा रहेको छ ।

अल इत्तिहादको यो १५औं लिग उपाधि हो । साउदी लिगको उपाधि सबैभन्दा धेरै जित्ने रेकर्ड भने अल हिलालको नाममा रहेको छ । अल हिलालले हालसम्म २१ पटक यो उपाधि जितेको छ । त्यस्तै अल नासरले अहिलेसम्म १० पटक यो उपाधि जितेको छ ।

यस सिजनमा साउदी लिगमा सबै भन्दा बढी गोल क्रिस्टियानो रोनाल्डोले गरेका छन् । रोनाल्डोले २३ गोल गरेका छन् । त्यस्तै इत्तिहादका करिम बेन्जमा र अल शबाबका अबडेराजक हमदल्लाहले २१–२१ गोल गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *