काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की टर्की पुगेर राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेटवार्ता गरेका छन् ।
बिहीबार भएको यो बैठकपछि, जेलेन्स्कीले रुसले शान्ति वार्तालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाएका छन् । उनले सबैलाई युक्रेनी जनता र सांसदहरूबाट युद्धको अन्त्य गर्ने निश्चित कदमहरूमा सहमत हुन जनादेश जनाएका छन् । जेलेन्स्कीले आफ्नो रक्षामन्त्रीको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डलले रुससँगको वार्तामा हिस्सा लिने बताएका छन् ।
इस्तानबुलमा युक्रेन, रूस र संयुक्त राज्य अमेरिकाबीच वार्ता हुनेछ । यसका साथै, टर्कीमा नै, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले नेटो बैठकको क्रममा युरोपेली विदेशमन्त्रीहरूसँग भेट गरेका छन् ।
यस बैठकमा भएका निर्णयहरूको बारेमा अमेरिकी सरकारका प्रवक्ता ट्यामी ब्रुसले भने कि इटाली, फ्रान्स, जर्मनी र बेलायतका विदेश मन्त्रीहरूले नाटोका सबै देशहरूले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ र युरोपले आफ्नो सुरक्षामा बढी खर्च गर्नुपर्छ भन्ने कुरामा सहमति जनाएका छन् ।
अर्कोतर्फ खाडी मुलुकहरुको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफुले पुटिनसँग भेट नगरेसम्म युक्रेनसँगको वार्ता सफल नहुने दाबि गरेका छन् ।