डा.कोइराला एक्लै सभापतिको प्रचारतिर

राजनीति

काठमाडौं । नेपालको राजनीतिक अवस्था कता जान्छ ? कसैलाई थाहा छैन । सबैले अलालतको बाटो हेरेका छन् । सत्ताको आडबाहेक कतै नचल्ने न्यायाधीश संवैधानिक अंगहरु समेत दोधारमा छन् । देशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निर्णयहीन छ । सभापति शेरबहाद्र देउवा देशको ठूलो भ्रष्टाचारमा डुबेका छन् । उनी पार्टीको १४औँ महाधिवेशन टार्ने प्रपञ्चमा छन् । नेवि संघ, तरुण दलको म्याद ६ महिना थप्नु् नै देउवाको आयु बढ्ने अवस्था छ । यसपालि सभापतिमा देउवाकै विश्वासपात्र विमलेन्द्र निधि उम्मेदवार बन्दै छन् । भारतको डिजाइनमा निधिले सभापति पदमा दाबी गरका हुन्, भनेर विश्लषहरु बताउँछन् ।
मध्यमार्गी नेता कृष्ण सिटौलाको भूमिका कस्तो हुन्छ ? थाहा छैन । रामचन्द्र पौडेल हार्दै सधैँ सभापति उम्मेदवार बन्न तँछाड मछाड गर्दै छन् । उनकै लागि बोल्ने प्रकाशमान सिंह, अर्जुननसिंह केसी, डा.रामशरण महतजस्ता आकांक्षी पनि कांग्रेसमै छन् । देउवाको लोतेपोते शैलीले प्रधानमन्त्री केपी ओलीलाई साथ दिएको छ । संवैधानिक अंगहरुमा कोही नियुक्ति गर्न नसकेर प्रधानमन्त्री ओली छियाछिया भएको बेला देउवाका सासुको राजदूत पद जोगाउन पार्टीकै इज्जत फालेको अवस्था छ ।
नेपाली कांग्रेसका कुनै नेता देश दौडाहामा छैनन् । तर डा.शेखर कोइराला भने सबै जिल्ला भ्याएका छन् । उनी जिल्ला जिल्लामा दुवै गुटका नेता कार्यकर्ता सहभागी भएर एकताको सन्देश दिएका छन् ।
कोइराला परिवारमा बद्नाम सुजाता र डा.शशांकले कांग्रेसमा राजनीति नगरे हुन्छ । सुजाताले सम्पत्ति बेचेर छोरो त्यागेर बंगाली ज्वाइँ रुबेल चौधरीलाई सम्पत्ति सुम्पने तयारीमा छिन् । डा.शाशांक कोइराला पैतृक सम्पत्ति कांग्रेस पार्टीलाई दिएर प्रतिस्पर्धामा आउने अवस्था छैन । अहिले युवा पुस्ताले कांग्रेस कता जान्छ भन्ने मत बढिरहँदा डा.शेखरले परिवारको यी दुई कलंक पन्छाए भने सभापति पदमा उनको विजयमा छेक्ने कोही हुँदैन । डा.शशांक र सुजाता बिपी र जिपीको नाउँमा राजनीतिमा आएका तर डा.शेखर नोनाको नाउँमा राजनीतिमा आएका छैनन् ।
युवा पुस्ताको मोर्चा डा.शेखरले बनाए भने चाहिँ देउवा होस् वा पौडेलको पत्तासाफ हुनेछ । कांग्रेसमा असफल असक्षम पात्र भनेकै दुवै हुन् । देउवा संसदीय अभ्यासमा पौडेल पार्टीको काममा असफल हुँदै नेपाली जनताले माफी दिने छैनन् । कांग्रेसले निर्णय गर्न किन समय लगायो ? पार्टीमा नेपालको मुद्दामाथि समयमा निर्णय लिने र विचार दिने नेता चोटिलो हुन्छ ।
घेरामा परे देउवा
यस्तै प्रधानमन्त्रीको निर्वाचन गराउने घोषणा र संसद पुनस्र्थापनाकाृे एजेन्डा कांग्रेसका लागि दुई धार देखिएको छ । प्रधानमन्त्रीको निर्णय प्रतिगामी भयो भन्ने डा.शेखर एक्लै आन्दोलन गर्नु पर्छ भन्छन् । पौडेल, सिटौलाहरु संसद पुनस्र्थापनाको एजेन्डालाई जोड दिएका छन् तर, सभापति देउवा भने कार्यकर्तलाई चुनावको तयारी गर्न र निर्वाचन मतदाता नामावली संकलन गर्न निर्देशन दिँदै छन् । दोस्रो चरणको आन्दोलन गरिरहेको नेपाली कांग्रेसको विरोध सभाहरुमा सभापति देउवा भने सहभागी भएका छैनन् । नेकपाकै विवाद नटुंगिएसम्म निर्वाचन आयोगको काम अगाडि बढ्दैन । कांग्रेस आफ्नै नेतृत्वमा बनेको संविधानको संरक्षण गर्न आन्दोलनबाटै संसद पुनस्र्थापना गर्नुपर्ने अडान केन्द्रीय समितिबाट लिएको छ । तर, पदाधिकारीभित्र पनि महामन्त्री डा.शशांक, पौडेल, सिटौलाको एजेन्डामा सभापति देउवा खुसी छैनन् ।

तामाकोशीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *