मानव तस्करीमा मुछियो एमाले

राजनीति समाचार

काठमाडौं । संसदको अघिल्लो कार्यकालमा सुनतस्करीका रविको वकालत गर्दा पार्टीले सचेत गराएका लीलाबल्लभ अधिकारी पार्टी अध्यक्षसँगको निकटताले अन्यलाई गन्दैनथे । अघिल्लोपटक कानुन राज्यमन्त्री भएका अधिकारी मोरङ २ (ख) बाट निर्वाचित हुन् । उनले मोहन ल चेम्बरको तर्फबाट कानुन व्यवसाय गर्दै आएका थिए । आफ्नो मन्त्रालयमा आफ्नै हस्ताक्षरमा विपरीत परिचय पत्रको हेक्का राखेनन् । पैसाका लागि दलका नेताले गर्ने निर्णय कति घातक हुन्छन् र विदेशमा नेपालको बदनाम हुन्छ भन्ने कुरा जापानको एयरपोर्टले गरेको डिपोर्ट हो । एमालेमा यस्ता धेरै छन् ।

कांग्रेसका युवा नेताहरू यस्तो धन्दामा लोकप्रिय छन् । समयले उनीहरू मन्त्री भए हिजो तरुण दल र नेवीसंघका अध्यक्ष सभापति थिए । जापान, अमेरिका, अस्ट्रेलिया, बेलायत जस्ता देशमा नेपालका पेशागत संगठन र दलीय भातृ संगठन लाई आएको निम्तो स्वीकार्दा सहभागी हुनेको नियतमा शंका गर्नुपर्ने अवस्था लिलाबल्लभ प्रकरण साक्षी हो । विगतका मानव तस्करहरु जोगिए । प्रधानमन्त्रीदेखि कांग्रेसका नेताहरु डा.आरजु देउवा, बालकृष्ण खाँड, मञ्जु खाँडहरुको धन्दा भुटानी शरणार्थीको नक्कली कारोबार गर्दा प्रशस्त आम्दानी भएकै हो । त्यो बेला गृहमन्त्री रामबहादुर थापाभन्दा छोरा, श्रीमती, गृहसचिव र मन्त्रीका पिएहरुको कमाई बढी थियो

पैसाका लागि राजनीतिक सिद्धान्तलाई लत्याउनेहरु पार्टीका ठूला नेताकै आसेपासेहरु छन् । त्यो संगठित संरचनामा मोरङ २ का कानून व्यवसायी एवं सांसद लिलाबल्लभ अधिकारी जोडिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *