आरजुको इच्छामा रवि फस्दै

राजनीति समाचार

काठमाडौं । प्रमाणित इस्यु छैन, कांग्रेसकी आरजु राणाको इच्छा पुरा गर्न प्रधानमन्त्री नै बाध्य छन् । आफ्ना जोगाउने विरोधीहरुलाई फसाउने ओली सरकारको योजनाले अबको चुनावमा एमाले र कांग्रेस कहाँ पुग्छन् । समयले बताउला । सहकारी काण्डमा रास्वपा सभापति रवि लामिछानेको सहभागिता अनुसारको दोष कति हुन्छ ? ६७ करोड गोरखा मिडिया नेटवकृमा आएको देखाएर यो सरकारले ८७ अर्ब ८५ करोडका पीडितको हित कति गला ? रविलाई पोखरामै म्याद थप्दै राखिएको थियो । आइतबार ११ दिने म्याद थपियो ।

रास्वपाले सुरुमै सत्ताको स्वाद लियो, रविलाई ठूलो मान्दै जसरी सडक प्रदर्शन भएको छ, त्यसले पार्टी र संगठन कस्तो बनाउला ? जबकि सरकारको दाउ रविलाई दुःख दिएर आफ्ना कमजोरी हटाउनेमा छैन । ओली सरकारले नराम्रो नगरे हुन्छ । राम्रो गर्नका लागि यो सरकार गठन भएकै होइन । भ्रष्टाचारलाई थन्को लगाउन फाइल दबाउने सरकारको रणनीति सफल भएको छ ।

सरकारले रविलाई जहाँ लैजान्छ, त्यहाँ रास्वपाको संगठन बन्ने कुरा सोचेको छैन । कास्कीमा उर्लेको जनलहरमा एमाले र कांग्रेसकै मतदाता धेरै सहभागि थिए । कार्यकर्तालाई चित्त बुझाउन नसक्ने कांग्रेस र एमालेको सरकारले जनताको काम कति गरेका छन् ? कुर्सीमा पुग्ने र झण्डा हल्लाउने बाहेक यो सरकारले देखिने काम गरेन । मन्त्री जो भए तिनकै मात्र स्वार्थ पुार हुने गणतन्त्रले देशलाई आर्थिक रुपमा टाट पार्दैछ । जनतालाई ऋण बोकाउँदैछ । प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारी, माफिया र बिचौलियाको सेवा गर्दैछन् । यसले जनतामा उत्साह छैन । कार्यकर्तामा विश्वास छैन । आरजुको इच्छामा काम हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *