आर्थिक लेनदेनमा विवादमा फस्दै सांसद देवीप्रकाश भट्टचन

राजनीति समाचार

काठमाडौं । पार्टीलाई सहयोग गरेको,समानुपातिकमा परेका सांसद हुन,देवीप्रकाश भट्टचन । झण्डै तीन दशक काँग्रेसी राजनीति गरेका उनी चुनावको मुखमा एमाले बने । चुनावताका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हेलिकप्टरमा घुमाए र सांसद बने । उनै भट्टचन गम्भीर आर्थिक विचलनमा जोडिएको प्रकरण अहिले सतहमा आएको छ । चन्द्र ढकाल झैं उनी पनि बाग्लुङे । ०४९ सालमा नेपाली काग्रेसकाबाट निर्विरोध जिल्ला विकास समिति सदस्य भएका भट्टचन प्रभु ग्रुपका अध्यक्षका अलवा प्रभु बैंक, प्रभु लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रभु क्यापिटल, प्रभु हेलिकप्टर, प्रभु मनि ट्रान्सफर, प्रभु पे, प्रभु टेलिभिजनलगायत १ दर्जन भन्दा बढी कम्पनी सञ्चालन गर्दै आएका व्यवसायी ।

उनै भट्टचन माथि ९८ करोड रुपैयाँ बढी ठगी गरेको आरोप लागेको छ । आफैंले अध्यक्ष बनाइदिएका प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले नै उनीविरुद्ध जाहेरी दिएको भेटिएको हो । यो विवाद अहिले अदालतमा पुगेको छ । प्रभु ग्रुपका नामबाट नामबाट विभिन्न प्राइभेट कम्पनी संचालन गर्दै आएका अध्यक्ष भट्टचन र तत्कालिन उपाध्यक्ष लामाबीचको आर्थिक लेनदेनको विवाद बैंक, नेपाल राष्ट्र बैंक, सिआईबी अख्तियार हुँदै अदालतसम्म पुगेको हो । गत असोजमा प्रहरीमा जोहरी गर्न खोजिएको यो प्रकरणमा प्रहरीले नलिएको भेटिएको छ । स्रोतका अनुसार,प्रभु मेनेजमेन्टको नामबाट विभिन्न बैंकमा ७५ करोड कर्जा प्रवाह भएको छ । सो रकम समेत नउठेको बताइएको छ ।

यस्का अलवा उनै भट्टचनले आफ्नै बैंकबाट नेपाल शिपिंग एण्ड मल्टिमोडल ट्रान्सपोर्ट प्रालिको नाममा ४८ करोड ७७ लाख भन्दा बढी, प्रभु म्यानेजमेन्ट प्रालिका नाममा ३२ करोड ९६ लाख र प्रभु टेक्नोलोगी प्रालिका नाममा ३० करोड गरी १ अर्ब ४० करोड बराबर रुपैयाँ कर्जा लिएर समेत तिरेका छैनन । जसरी सहकारीहरु मनलाग्दी ढङ्गले अध्यक्ष तथा सहकारी सञ्चालकहरुकै कम्पनी र हाउजिङ्गदेखि हाइड्रोमा लगानी गर्दा डुबेका थिए । हिजो कुहिएको किष्ट बैंक किनेको प्रभु बैंकसमेत अहिले उही पथमा रहेको नेपाल राष्ट्र बैंक स्रोत बताउँछ । उसो त,भट्टचनले विभिन्न सहकारीको करिब ९८ करोड दुरुपयोग गरेको प्रमाण नै फेला परेको छ ।

तामाकोसीलाई प्राप्त पत्र अनुसार,लामाले भट्टचनको नामै किटान गरी नेपाल राष्ट्र बैंकमा निवेदन नै दिएको प्रमाण फेला परेको हो । तर,नेपाल राष्ट्र गर्भनर नै एमाले भएका कारण एमालेका सांसद माथि कारवाही प्रक्रिया अगाडि नबढाइएको बुझ्न कठिन छैन भन्छन्,प्रभु म्यानेजम्यान्टका कर्मचारी । यही प्रकरणमा सीइओ अशोक शेरचन समेत ओभानो छैनन् । उनले आफनिकटस्थ एक कर्मचारीलाई अस्वाभिवक ढङ्गले प्रमोसन गरेर भावी सिइओको रुपमा अगाडि सारेको बिषय समेत प्रभु बैंकका कर्मचारीहरुले स्वभाविक रुपमा लिएका छैनन ।

शेरचनले समेत आफन्तको नाममा कम्पनी खोलेर उसैगरी लगानी गरेका छन् । भट्टचन अप्ठ्यारोमा पर्दा अनुसन्धानको सुँइ भोलि आफूतिर समेत सोझिने देखेर प्रहरीलाई यो उजुरी नै दर्ता लिनबाट रोक्न चलखेल गरिरहेको बताइन्छ । यसैबीच अबको केही महिना पछि नै गभर्नर महाप्रसाद अधिकारी घर फर्कदै छन् । भावी गर्भनर तपाई नै हो भन्दै प्रेस चौतारीका केही नेताले समेत अशोक शेरचनसँग अनुचित लाभ लिइरहेको बिषय अहिले प्रेस चौतारी टिममै चर्चाको बिषय बन्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *