काठमाडौं । कांग्रेस र एमाले दुई ठुला दल मिलेर बनेको सरकारले कर्मचारी सेटिङ गर्ने र दरबन्दी थप्ने काम गरेर करौंडौं उठाउँदै आएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणाले कर्मचारी दरबन्दी थप्ने र विदेश घुम्ने भन्दा अन्य काम गर्न सकेकी छैनन् । त्यस्तै, प्रधानमन्त्री मातहतमा रहेको राजश्व अनुसन्धान विभागले काम गर्न सकेको छैन । राजश्व अनुसन्धान विभाग यतिबेला पगुं बन्दै गएको छ । एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री रहेका छन् । आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा छन् । यतिबेला अर्थमन्त्रालयभित्र अर्थमन्त्री विष्णु पौडेलकी युवराज खतिवडा भन्ने चर्चा अर्थमन्त्रालयमा चल्ने गरेको छ । अर्थ मन्त्रालयभित्र उच्च तहका कर्मचारीबिच सेटिङ चल्ने गरेको छ ।
राजश्व, भन्सार र कर कार्यालयमा सेटिङ मिलाएर जानेहरुको लर्काे त्यत्तिकै छ । भन्सार राजश्व र कर कार्यालयमा भ्रष्ट कर्मचारी र उद्योगी व्यापारीहरुको राज चलिरहेको छ । सरकार रमिते बनिरहेको छ । त्यसको उदाहरण लिन सकिन्छ । राजश्व अनुसन्धान विभागलाई । राजश्व अनुसन्धान विभागमा भ्रष्ट कर्मचारी, काला बजारीया र तस्करीहरु मिलेमतो गरी राजश्व हिनामिना भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली गुमनाम जस्तै भएर बसेका छन् । राजश्व उठ्न सकेको छैन । राजश्व अनुसन्धान विभागका महानिर्देशक चण्डी प्रसाद घिमिरे रहेका छन् । घिमिरेले राजश्व छल्ने व्यापारीहरुसँग सेटिङ गरेर करौडौं उठाइरहेका छन् । घिमिरेको यो लापवाहिले गर्दा राज्यलाई ठूलो हानीनोक्सानी भइरहेको छ ।
सरकार बेखबर जस्तै बनेर बसेको छ । ठुला व्यापारी र उद्योगीहरुले भारतको सिमा हुँदै विभिन्न मालबहाक ट्रकमा राजश्ज छलेर सामान भित्रिरहँदा राजश्व अनुसन्धान विभागले त्यतातिर ध्यान दिएको छैन । राजश्व अनुसन्धान विभागर्ले कारबाही गर्ने भनेको खुद्रा व्यापारी र झोलेपोकेहरुलाई मात्रै हो । सानालाई पक्राउ गरेजस्तो गरेर ठूलालाई तर्साउने काम राजश्वले गर्दै आएको छ । विभागका महानिर्देशक घिमिरे र कर्मचारीहरु ठूला व्यापारीलाई जोगाएर कमिसन खाने काममा व्यस्त छन् । राजश्व अनुसन्धान विभागमा तत्कालीन महानिर्देशक दीर्घराज मैनली, मदन दाहाल, नवराज अधिकारी, राजन वि.सी, चण्डी घिमिरेको सेट्रि«ङ अहिले पनि चलिरहेको छ । यिनै पूर्वमहानिर्देशक र कर्मचारीहरुले सेटिङ गरेर करौडौं उठाइरहेका छन् । सरकारका सम्बन्धित निकाय गुमनाम जस्तै भएका छन् । यिनै कर्मचारीहरुले मन्त्री, सांसद र अख्तियारलाई समेत गुमराहमा पार्ने काम गर्दै आएका छन् ।
तत्कालीन महानिर्देशक दीर्घराज मैनाली र मदन दाहाललाई व्यापारीले कहाँबाट कति राजश्व छलि गर्छन् भन्ने राम्रो ज्ञान छ । त्यसै कारण पनि चण्डी प्रसाद घिमिरेले तत्कालीन महानिर्देशक र्दिघराज मैनाली र मदन दाहाललाई प्रयोग गरेर कमाउधन्दा चलाएका छन् । तत्कालीन महानिर्देशक र्दिघराज मैनाली तत्काली केपी ओली प्रधानमन्त्री बन्दा उनी राजश्व अनुसन्धानको महानिर्देश बनेर अरबौं कमाएका थिए । त्यतिबेला पनि केहि ठुला मिडियालाई हातमा लिएर राजश्व छलि गर्नेसँग मिलेमत्तो गरी पुस्तौपुस्तालाई पुग्ने सम्पक्ति आर्जन गरिसहेका छन् । सोहि पैसा प्रयोग गरेर जुनसुकै पार्टिको सरकार आएपनि कमाउ अड्डामा पुग्ने गर्छन् । हालका महानिर्देशक चण्डी प्रसाद घिमिरेको जागिर अवधि एक वर्ष पनि छैन । त्यसैकारणले पनि घिमिरेले पूर्वमहानिर्देशकहरुलाई सल्लाकारको रुपमा राखेर राज्यलाई अरबौ रुपियाँ राजश्व हिनामिना भएको समाचार स्रोतको दाबी छ ।
त्यस्तै, अर्का खेलाडी छन् एमालेका क्याडर नवराज अधिकारी र राजन विसि । विसि देशका विभिन्न भन्सार र राजश्व कार्यालयमा बसेर अरबौं रुपियाँ कमाइसकेका व्यक्ति हुन् । विसिलाई कहाँबाट कति पैसा कमिसन आउँछ र कुन व्यापारीबाट कति लिन सकिन्छ भन्ने पनि राम्रो ज्ञान छ । त्यस्तै, नवराज अधिकारी विगत लामो समयदेखि राजश्व अनुसन्धानमा बसेर उठ्तीपुठ्ती धन्दा चलाउने कर्मचारी हुन् । उनै अधिकारीले पत्रकारदेखि विभिन्न दलका नेता र कार्यकर्तालाई खामबन्दी पनि दिदैँ आएका थिए । अधिकारी गायक पनि हुन् । गायक भएकाले अधिकांश कर्मचारीलाई गीत गाएर हसाउने र मख्ख बनाउने काम गर्दछन् । त्योसँगै अधिकारी चाकडी, चाप्लुसी गर्न र खान-खुवाउन माहिर छन् । तत्कालीन महानिर्देशकले कम्तिमा सुनतस्करीदेखि विभिन्न चोरी तस्करी गरी ल्याएका सामानहरुबाट रकम उठाउने काम गरेका थिए ।
तर, हालका महानिर्देशक चण्डी प्रसाद घिमिरेले त्यति काम गर्न नसकेका छैनन् । उल्टै तिनै चोरीतस्करी, राजश्व छली गर्ने व्यापारीहरुसँग मिलेर कमिसन खान व्यस्त छन् । राजश्व अनुसन्धान विभागमा कर्मचारीबिच टसल हुन थालेको छ । एकथरी कर्मचारीले कमाइ गरिरहने अर्काथरी कर्मचारी कमाउन नपाएर भित्रभित्रै रुष्ट बन्ने अवस्था देखिएको छ । राजश्व अनुसन्धान विभागका स्टोर किपरलाई सरुवा गरिरहँदा सोर्सफोर्स लगाएर फेरि सोही विभागको स्टोर किपर नै बन्ने गरेका छन् । उनले राजश्व अनुसन्धान विभागको स्टोर किपर बन्नको लागि सभामुखको सोसफोर्स लगाउन पछिपरेनन् । यस्तै कर्मचारीको कारण प्रधानमन्त्री मातहतमा रहेको राजश्व अनुसन्धान विभाग भ्रष्टाचार गर्ने अखडा बन्दै गएको कर्मचारी स्रोतको दावी छ ।