काठमाडौं । एमाले र कांग्रेस पार्टीभित्र गुटैगुट झाङ्गिएर गएको छ । कांग्रेस पार्टीभित्र गुट भए तापनि निर्वाचन ताका बरु आफ्नो पार्टीको उम्मेदवारलाई भोट हाल्दैनन् तर पार्टी विभाजन हुँदैन । एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने र पार्टीलाई जोगाइराख्ने परम्परा कांग्रेसभित्र छ । तर, एमाले पार्टीभित्र त्यो चलन छैन । भन्ने बेलामा वामपन्थी एकता भन्छन् काम अर्काेतिर गर्छन् । वामपन्थी एकता भएपछि तुटफुटको रोगले गाँज्ने गरेको छ । एमाले र माओवादी एकता गराएर नेकपा बनाएका थिए । नेकपा बनाएपछि निर्वाचनमा झण्डै दुईतिहाइको हाराहारी सिट जित्न सफल भएको थियो ।
नेकपाले सरकार पनि बनायो । नेकपाको सरकार झण्डै ४१ महिना चल्न सफल भयो । नेकपा सरकारमा गएपछि प्रधानमन्त्री पद र पार्टी अध्यक्ष पद एउटै व्यक्तिले राखेपछि नेकपा पार्टीभित्र विवाद सिर्जना भयो । त्यो विवाद झागिँदै जाँदा पार्टीभित्र भाडभैलो भयोे । पार्टीभित्र भाडभैलो भएपछि प्रधानमन्त्री केपी ओलीले संसद विघन गरेपछि कांग्रेस र माओवादी संसद ब्यात्याउनको लागि सर्वोच्च रिट दायर गरेका थिए । रिट दायर गर्नुका साथै सडक आन्दोलन पनि छेडे । रिट परेपछि सर्वोच्चले नेकपाबाट एमाले र माओवादी छुट्याइदियो । नेकपाबाट पार्टी छुट्टिएपछि एमालेभित्र माधव नेपाल र केपी ओलीको घमण्डले एमाले पनि फुट्न पुग्यो । अहिले त्यहि रोग एमालेभित्र सल्किदैछ । यतिबेला एमालेभित्र दुईखेमा प्रष्ट देखिएका छन् ।
एउटा खेमा केपी ओली र शंकर पोखरेलको छ भने अर्काे खेमा ईश्वर पोखरेल, विष्णु पौडेल, पुथ्वी सुब्बा गुरुङ, गोकुल बाँस्कोटा, आनन्द पोखरेल विद्या भण्डारीको पक्षमा रहेका छन् । एमालेभित्र केपी ओली र शंकर पोखरेल एकातिर छन् तर आम कार्यकता भने विद्याको पक्षमा देखिन थालेका छन् । विद्या भण्डारी एमाले पार्टीमा फर्किने नफर्किने अझै निश्चित छैन । यतिबेला एमाले पार्टीभित्र जग्गादान विवाद शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पहिला जति एमालेमा हाइहाइ थिए अहिले विस्तारै बाइबाइ हुँदै गएका छन् । एमाले अध्यक्ष केपी ओलीकै कारण वामदेव गौतम र भीम रावल गुमनाम बन्न पुगेका छन् । सरकार एमालेको नेतृत्वमा छ । सरकारले जति काम गर्नुपर्ने थियो त्यो गर्न सकेको छैन ।
एमाले सरकारमा बस्नु भनेको एमालेका कार्यकता घट्नु हो । एमाले पार्टीलाई जति पहिला स्वदेशीदेखि विदेशीहरुले मन पराउँथे अहिले पत्याउन छाडेका छन् । छिमेकी मुलुक भारतले केपी ओलीको के पनि उच्चारण गर्न चाहेको छैन । नेपालका वामपन्थी कार्यकताहरुबीच एकता नहुँदा विदेशी शक्तिहरुले खेल्ने मौका पाएका छन् । पुराना भनिएका कांग्रेस र एमाले पार्टी बिस्तारै विस्थापित हुँदै गएका छन् । वामपन्थीहरुको एकता नहुँदा स्वतन्त्र समुहका व्यक्तिहरुले डेरा जमाउँदै गएका छन् । राजनीतिक दल बलियो भए पो देशमा सुशासन र विकास हुने थियो ।
राजनीतिक दलहरु छिन्नभिन्न भएपछि कसरी हुन्छ देशमा सुशासन र विकासको काम ? राजनीतिक दलहरुले एकअर्काको खेदो खन्दाखेरी आम कार्यकर्ताहरु पार्टीबाट विलय हुँदै छन् । कांग्रेस र एमाले पार्टीभित्र सिनियर, जेष्ठता, क्षमता र योग्यता भएका कार्यकर्ताहरुलाई पाखा पारेर अरौटे भरौटेहरु हावी हुँदा पार्टी बद्नाम हुँदै गएको छ । माओवादी केन्द्रमा त्यस्तै हालत छ । पार्टी नेतृत्व एकलौटी ढंगले अघि बढ्दा अन्य नेताहरु गुमनाम हुन पुगेका छन् । राजनीति पार्टीभित्र नेता उत्पादन गर्नुपर्ने ठाउँमा आफ्ना आसेपासे र भरौटेहरुलाई स्थान दिदाँ पार्टीहरु खस्किदै गएका छन् । कांग्रेस, एमाले र माओवादीका कार्यकताहरु पार्टीबाट वितृष्णा भएर स्वतन्त्र रोज्न बाध्य भएका छन् । त्यसैको उपज हो अहिले स्वतन्त्रहरुले डेरा जमाएका । स्वतन्त्रले डेरा जमाएतापनि विकासको काम हुने छाँट देखिँदैन ।