काठमाडौं । पछिल्ला समय माओवादी निकट रहेर नियुक्ती खाएका एक पछाडि अर्काे प्रशासक र राजनीतिक नियुक्ति लिएकाहरु भ्र्रष्टाचार मुद्धामा डामिदैंछन् ।
माओवादी निकट भएकै कारण बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्धा लागेर निलम्बनमा परे पछि विशेषमार्फत क्लिन चिट पाए । यही मेसोमा मधु कुमार मरासिनी,रुद्रमान सिंह तमाङ्ग,रितेश शाक्य लगायतका कर्मचारी पोलिए । यी मध्ये अधिकांशले विशेष अदालतबाट क्लिन चिट पाइसकेका छन् ।
अब डामिने तयारीमा छन्,अर्काे प्रशासक । पूर्व मन्त्री जनार्दन शर्माको जोडबलमा कर्मचारी सञ्चयकोषको हर्ताकर्ता बनेर गएका जितेन्द्र धिताललाई भ्रष्टाचार प्रकरणमा डाम्ने अख्तियारले तयारी गरिरहेको सूचना प्राप्त भएको छ । लाखौँ सञ्चयकर्ताको भविष्यसँग जोडिएको र अरबौँ पुँजी परिचालन गरिरहेको नेपालको कर्मचारी सञ्चय कोषका पदाधिकारीहरु आर्थिक अनियमिततामा मुछिएको भन्दै उनलाई प्रतिवादी बनाएर मुद्धा चलाइदै छ । कोषका प्रशासकको भूमिकामा रहेका जितेन्द्र धितालमाथि १२ करोड घोटालाको आरोपमा अख्तियारले छानबिन गरिरहेको छ । कोषको स्वामित्वको काठमाडौं मलको भाडामा अनियमितता गरेको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रकरणमाथि छानविन सुरु गरिरहेको जनाइएको छ ।
यसका अलवा कोषकै शेयर रहेको हिमालयन बैङ्कको बिग मर्जर प्रक्रिया, विभिन्न लगानी, असुली, शेयर तथा बण्ड खरिद बिक्री, कानुन र नियमको परिपालना तथा विभिन्न आन्तरिक प्रणाली सञ्चालन र नियन्त्रणमा शक्तिको आडमा प्रचलित मूल्य मान्यताको बरखिलाफ काम भइरहेको भन्दै कोषका प्रशासक जीतेन्द्र धिताल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि सोको समेत छानबिन गरिरहेको छ ।
केन्द्रीय बैङ्क र राज्यको नीति बमोजिम हिमालयन बैङ्क र नेपाल इन्भेष्टमेन्ट बैङ्कको बिग मर्जर प्रक्रियालाई कोषको आफ्नै नेतृत्वको निर्णय विपरीत गई मर्जरमा बाधा पु¥याई कोषलाई हानी नोक्सानी पु¥याउने काम धितालले गरेको गम्भीर आरोप समेत खेपिरहेका छन् धितालमाथि अख्तियारको अनुसन्धानको सुँइ यता पनि सोझिएको बताइएको छ । यस्तै सिभिल बैङ्क लिमिटेड र सिभिल सहकारीको प्रमुख भूमिकामा रही हाल ठगी र बैङ्किङ कसुरमा जेल परेका पूर्व सांसद इच्छाराज तामाङलाई ठगी र कालोसूचीबाट जोगाउन कर्मचारी सञ्चय कोषले प्रतिकित्ता ६५ रुपैँया बजार मूल्य रहेको सिभिल बैङ्कको ७७ लाख कित्ता शेयर प्रति शेयर एक सय रुपैँयामा खरिद गरी कोष र सञ्चयकर्तामाथि आघात पु¥याउने कार्य समेत गरेको आरोप छ उनीमाथि ।
यस्तै,धितालले कुनै अध्ययन र विश्लेषण नगरी आधारहीन र हचुवाको भरमा राष्ट्रिय बिमा कम्पनी मार्फत २०७६ मा स्वास्थ्य बिमा योजना सञ्चालन गरेर एक वर्षमा कोषलाई करिब २८ करोड क्षति पु¥याएको उजुरीमा उल्लेख छ । यस्तै,वेतन कर्णाली हाइड्रोपावर कम्पनी लिमिटेडको नामको कम्पनी खडा गरेर ५० करोडभन्दा बढी रकम फसाइसकेपछि हाल अलपत्र पार्ने षडयन्त्रमा समेत धिताल संग्लग्न रहेको गम्भीर आरोप लगाइएको छ । अझैं रोचक त धितालको बुवा जीवनाथ धिताल र अन्य आफन्तको अमुक कम्पनी मार्फत विना प्रतिस्पर्धा विगत केही वर्षदेखि कोषका कर्मचारीलाई आन्तरिक र वैदेशिक तालिममा पठाउने कार्य गरेर कोषलाई ठुलो रकम नोक्सानी भइरहेको हुँदा कोषबाट त्यस सम्बन्धी अभिलेखहरू छानबिन गरी कानुनी दायरामा ल्याउन समेत माग गरिएको छ ।
कोषमा भएको पछिल्ला भाडा विवाद चाहिँ दिवा सपना जेभी कम्पनीलाई २०७६ माघ ६ मा प्रतिस्पर्धाको आधारमा मासिक रु. १ करोड १७ लाखमा (अन्तिम भाडामा बार्षिक ६ प्रतिशत बृद्वी हुने गरी) पाँच बर्षको लागि कोषको स्वामित्वको काठमाडौं मल भाडामा दिएको बिषयले उनी अख्तियारको अनुसन्धानको राडारमा तानिएका हुन ।
दिवा सपना जेभी नामक कम्पनी बिष्णुहरि ढकालको हो जो तत्कालिन अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्माका भान्जी ज्वाइँ पनि हुन् । शर्माले नै आफ्नो पार्टीनिकटका धिताललाई नै जिम्मेवारी दिन त्यसअघिका प्रशासक तुल्सी गौतमलाई बिना कारण कार्यकाल पूरा नहुँदै हटाएर धिताललाई निमित्त प्रशासक बनाएका थिए । तुल्सीलाई पछि हिमालयन बैंकमा पठाइयो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माकै दबाबमा ढकालको दिवा सपना जेभीलाई काठमाडौं मलको जेभीको ठेक्का पनि दिने काम भएको थियो । यही प्रकरणमा उनीमाथि अख्तियार लाग्ने स्थिति बनेको छ ।