काठमाडौं । नेपाल निजामती क्षेत्रमा मोहन घिमिरेलाई नचिन्ने जो कोहि छैनन् । कर्मचारी वर्गदेखि राजनीतिक दलका नेता र सर्वसाधारण जनताले मोहन घिमिरे कर्मचारी संगठनका नेता भनेर चिन्ने गर्दछन् । उनी नेकपा एमाले हुदैँ एकीकृत समाजवादी पार्टीका कर्मचारी संगठनको अध्यक्ष समेत बनिसकेका छन् । घिमिरेले तत्कालीन एमाले पार्टीको कर्मचारी संगठनमा बसेर काम गरिसकेका थिए ।
एमाले संगठनमा बस्दा आफ्ना संगठनका नेतादेखि अन्य संगठनका नेताहरुसँग बोलचाल बन्द भएजस्तै गरेर तँ तँ र म म भन्दै नेता बन्ने गरेका थिए । घिमिरे एमाले नेताहरुको आडमा कर्मचारी संगठनको नेता बनेका थिए । घिमिरेले कर्मचारी सरुवा बढुवा गर्ने नाममा पुस्तौ–पुस्तालाई पुग्ने सम्पत्ति आर्जन गरिसकेका छन् । घिमिरेको जागिरे अवधि सुरु भएदेखि सिंहदरबार छाडेर अन्यत्र जानु परेको छैन । सरकारले कथमकदाचित अन्यत्र सरुवा गरे तापनि सरुवा गर्ने सचिव र मन्त्रीलाई तथानाम गालीगलौज गरी सिंहदरबारमै मस्ती गरिरहेका छन् । घिमिरेले संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा बर्षौवर्ष बिताए ।
घिमिरेले सोहि मन्त्रालयमा बसेर कर्मचारी सरुवामा सेटिङ गरेर पैसा उठाउने काम गरेका थिए । सोहि पैसाको बलमा यतिबेला संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा राज गरिरहेका छन् । मन्त्रालयमा बसेर उनले गर्ने काम भनेको सचिव, सहसचिव र महानिर्देशक, निर्देशकहरुलाई फोन गर्ने र म एकीकृत सहकारी कर्मचारी संगठनको अध्यक्ष मोहन घिमिरे बोलेको चिन्नुभयो ? भन्दै कर्मचारी सरुवा गर्न लगाउने, तथानाम गाली गर्ने, फेसबुकमा जथाभावी स्टाटस् लेख्ने भन्दा अन्य काम घिमिरेले गरेका छैनन् । घिमिरेको सम्पत्ति छानबिन हुनसकेको छैन । घिमिरेमाथि अकुत सम्पक्ति कमाएको उजुरी अख्तियारमा मुद्दा परे तापनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न सकेको छैन ।
उनी राजनीतिक दलका नेतादेखि कार्यकर्तालाई समेत ठुलो स्वरमा बोल्ने, हप्कीदप्की गर्ने घिमिरेको बानी नै हो । घिमिरे एमाले फुटेपछि माधव नेपालको पार्टी एकीकृत समाजवादीतिर लागेका थिए । माधव नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेपछि घिमिरेले एकीकृत सहकारी कर्मचारी संगठन गठन गरेका थिए । सो संगठनमा उनी अध्यक्ष पनि भए । घिमिरेले कर्मचारी संगठनलाई चलायमान बनाउनु पर्नेमा उल्टै कर्मचारी संगठन फुटाएर एकीकृत सहकारी कर्मचारी संगठन तितरबितर बनाइदिएका थिए ।
घिमिरे जस्ता कर्मचारी व्युरोक्रेसीभित्र छैनन् । घिमिरे भनेपछि कर्मचारी डराउने गर्छन् । घिमिरे सरकारी काम नगनर्,े कर्मचारीको नाम बेच्ने र नेपाल सरकारको तलब खाने भन्दा अन्य काम गर्न सकेका छैनन् । घिमिरेले सरकारी काम गर्नेभन्दा पनि व्यक्तिगत काम गर्ने, मन्त्रालयमा हाजिरी गर्न, कार्यालय समयमा नआउने, आइहाले तापनि कार्यालयबाट बाहिरीने गर्दछन् । घिमिरे पर्यटन मन्त्रालयमा बस्दा हिमाल आरोहणको नाममा स्वदेशीदेखि विदेशीसम्मलाई मोटो रकम लिएर हिमाल आरोहण गराउने काम गर्दै आएका थिए । कर्मचारी वित्तमा मोहन घिमिरे जस्ता कर्मचारी अन्य नभएको र नेपाल सरकारले यस्ता व्यत्तिलाई कारबाही गर्न नसकेको गुनासो समेत कर्मचारी वृत्तमा चल्ने गरेको छ । हुनत घिमिरेलाई नत अख्तियार लाग्छ नत राष्ट्रिय सर्तकता केन्द्र नै । यस्ता कर्मचारीको सम्पक्ति सम्बन्धित निकायले छानबिन गर्नसकेको छैन ।