नैतीक पतनको चरम दौरबाट नेपाल राष्ट्र यतिबेला गुज्रिरहेको अवस्था नेपालमा विद्यमान रहेकोछ । नैतीकवान बनेर नेपाली जनताको दिल र दिमागमा भ्रम छरी प्रभावित तुल्याउन सफल दलका शीर्ष नेताहरुले नै नेपाली जनताको भोलापनको भरमार लाभ उठाईरहेका छन । तोकेर नै भन्नु पर्दा यो मामलामा एमाले शीर्ष नेता प्रधानमंत्री ओलीले सोझासिधा नेपाली जनताको मानसिकतामा खेलेर हदै सम्मको व्यक्तिगत लाभ उठाईरहेका छन ।
सार्वजनिक रुपमा नै बदनाम व्यापारी मीन बहादुर गुरुङ्ग सित १ अर्ब ४७ करोड दान भन्दै घुस लिएको बिबाद सेलाउन नपाउँदै उहाँको अर्को ठुलो भ्रष्टाचार काण्ड बारे नागरिक अभियान्ता दुर्गा प्रसाईले सार्वजनिक गरीदिएका छन । उहाँले कम्बोडियाको एक बहुराष्ट्रिय टेलिकम कंपनीमा गैरकानुनी तरिकाले लगभग ३५ अर्ब नेपाली रुपियाँ लगानी गरेको प्रामाण भेटियो । एमाले शीर्ष नेता प्रधानमन्त्री ओलीको हस्ताक्षर र नाममा केही फरक देखिएपनि अन्य तीन जनाको हस्ताक्षेर ठ्याक्कै मिलेको छ ।
हस्ताक्षर ठ्याक्कै मिलेको तीन जना मध्ये नेपाली अन्तर्राष्ट्रिय दलाल सतिसलाल आचर्यको पनि हो (सिंहापुर निवासी उहाँ बिबादित कम्पनीको निर्देशक हुनको साथसाथ प्रधानमन्त्री ओलीका परम मित्र र सहयोगी पनि हुन) । एमाले शीर्ष नेता प्रधानमंत्री ओलीले सार्वजनिक भएको उक्त प्रमाण किर्ते भनेपनि उहाँको नागरिकता र त्यसमा टाँसिएको फोटो सक्कली नै भएको प्रष्ट सित देखिन्छ ।
दलका शीर्ष नेताहरु बिदेशी लगानी नेपालमा भित्र्याउने भन्दै भाषण गरीगरी कहिले थाक्दैनन् तर आफैले भने नेपालको परियोजनाहरुबाट कमिसन बटुलेर बिदेशमा यसरी लगानी गर्दै आएकाछन । अन्य दलका शीर्ष नेताहरु माथि पनि यस्तै आरोपहरु लाग्दै आएको भएतापनि उहाँहरुविरुद्ध भने पोख्त सबुत हात लागेको छैन । नेपालमा भ्रष्टाचार निवारणको लागि संवैधानिक निकायहरु पनि छन तर केही बर्ष यता उक्त संस्थाहरुमा काम गर्ने आयुक्तहरुले नै भ्रष्टाचार गरेको हुँदा उक्त सरकारी निकायहरु बदनाम भएकाछन । भ्रष्टाचार निवारणको लागि काम गर्ने नेपाल प्रहरीको सिआईबी पनि सत्तामा बसेका दलहरुको पक्ष लिएर उनीहरुकै पृष्टपोषक बनी काम गर्ने भएकाले नेपाली जनताको बिश्वास गुमाइसकेका छन् ।
साथै उक्त सरकारी संस्थाहरु भ्रष्टाचार निवारण कार्यमा प्रोयाक्टिभ नभएर धेरै रियाक्टिभ अथवा प्रतिक्रियात्मक मात्रै छन । एमाले शीर्ष नेता प्रधानमंत्री ओली लाजघिन सबै पचेको दलका नेता मद्धेमा पर्दछन । सरसरी हेर्दा उहाँ निःसन्तान र आफ्नो चलअचल सम्पत्ती सबै सेखा पछाडि नेपाल सरकारलाई नै दान गरीसकेको देखिने हुँदा उहाँ माथि लागेको सबै भ्रष्टाचारको आरोपहरु झुट्टा हुन कि भने जस्ता भ्रममा परिन्छ । तर वास्तविकता वेग्लै रहेको कुराको भण्डाफोर उहाँले कम्बोडियाको एक बहुराष्ट्रिय टेलिकम कम्पनीमा गरेको लागानीबाट हुन पुगेको छ । यो भन्दा पहिले पनि उहाँ दुईतिहाई बहुमतको साथ ४३ महिना लगातार नेपालको प्रधानमंत्रीको पदमा बस्नु भएको थियो ।
नेकपा मओवादी सित एमाले पार्टीको एकता गरी आम चुनाव लडेर नै उहाँले दुईतिहाई बहुमतका साथ नेपालको प्रधानमंत्री बन्ने सुअवसर पाउनु भयो । लामो अवधि सम्म त्यसरी सत्तामा बसेर पनि उहाँले नेपाल राष्ट्र र नेपाली जनताको लागि कुनै ठोश योगदान हुने कामगरी देखाउन सक्नु भएन । मधेश आन्दोलन र त्यसको पक्षमा लागेको भारतीय नाकाबन्दी बिरुद्ध उहाँले राम्रो अडान राखेर राष्ट्रवादीको छबी बनाउनु भएको थियो । तर भित्रभित्र नीतिगत भ्रष्टचारहरु पनि प्रशस्त गरेको भेद् सत्तामा हुँदै र सत्ताबाट बाहिर गएपछि पनि बिस्तारै सार्वजनिक हुँदै गयो । एकाएक राष्ट्रवादी छबी बनाएको एमाले शीर्ष नेता नेपाली जनताको नायकबाट खलनायकमा रुपान्तरण हुँदै गयो ।
यतिबेला उहाँ नेपालको प्रधानमंत्रीको साथसाथ भ्रष्ट दलाल तस्कर व्यापारीहरु र व्यवसायीहरुको ठुलो हिमायती बनेर निस्केका छन । उहाँ सहमती भएअनुसार बिजुलीको करोडौं बाँकी बक्यौता नतिर्ने सिउडो उद्योगीहरुको गडफादर नै देखिएको छ । नेपाल सरकार कै बिगतको निर्णय अनुसार बिजुलीको बाँकि बक्यौता उठाउन कस्सिएर लागेका नेविप्राका पबवन्ध निर्देशक कुलमान घिसिङ उहाँको नराम्रो कोपभजनमा पर्दै गएकाछन । उहाँ जनभावनाअनुसार राम्रै काम गरीरहेको प्रचण्ड सरकारलाई ढालेर चौथो पटक नेपालको प्रधानमन्त्री बनेको दिन देखि नै नेपाली जनताले राम्रो ठानेको कुलमान, बालेन, दुर्गा प्रसाई, रबि र हर्क जस्ता सक्षम युवा नेतृत्व वर्गबिरुद्ध षडयन्त्र चलाए । उहाँ आफैले नेतृत्व गरेको सरकारले बिगत देखि गर्दै आएको भ्रष्टाचारको सबै द्वोष रबि माथि लगाउँदै आफै र आफैले नेतृत्व गरेको एमाले पार्टीका भ्रष्ट नेतहरुलाई पानीमुनीको ओभानो बनाएर चोख्याउने प्रयास गर्नु भयो ।
एमाले शीर्ष नेता प्रधानमंत्री ओलीको भ्रष्टकारनामाको फेहरिस्त धेरै नै लामो छ । आम नेपाली जनतालाई त्यस्ता भ्रष्टाचारको सूचिबारे राम्रो जानकारी छ । उहाँले आफु र आफ्नो पार्टीका नेताहरुलाई भ्रष्टाचारी होइन भने पनि नेपाली जनताले उहाँ समेतलाई महाभ्रष्ट र भष्मासुरको नाम दिएकाछन । तर उहाँ र उहाँले नेतृत्व गर्नु भएको एमाले दल नेपाली जनताको नजरबाट यति तल गिरी सक्दा पनि उहाँहरु आफै सुध्रिने वा एमाले दललाई सुधार्ने तिर कुनै हेक्का छैन ।
कुन्तोको बुहारी भटमास खाकी भनेको जस्तो बदनाम शीर्ष नेता प्रधानमंत्री ओली र उहाँको एमाले दलले नेपाली काँग्रेस सित गठबन्धन गरी दुईतिहाई बहुमत भएको नेपाल सरकार बनाएका छन् । नेपाली काँग्रेस र एमालेबाट महाभ्रष्ट र बदनाम संसदहरुलाई समेटेर ओली सरकारको गठन भएको छ । बिदेशीका दलाल, मानव तस्कर , ठेकेदार, भ्रष्ट व्यापारीहरु र व्यवसायीहरु सम्लित भई बनेको ओली सरकारको यो मंत्रीमण्डल अलीबाबा चालिस चोरको संगठन भन्दा कम छैन । ओली सरकारका मंत्रीहरुलाई कती भन्नु र कती गाली गर्नु । अब त गाली गर्ने शव्दहरु पनि कमी पर्न थालीसकेको छ । ओली सरकारको भ्रष्टाचारजन्य अपराधहरु बारे नेपाली जनताले छर्लङ्ग सित देखी नै रहेको हुँदा त्यसबारे के लेख्ने हो र कतीलेख्ने हो भन्ने अन्योल नै हुन्छ ।
जति कडा लेखे पनि त्यो नेपाली जनताको जानकारीमा भएको भन्दा निकै कम नै हुन्छ । नैतीक पतनको चरम अवस्थालाई ओली सरकारले पार गरी सकेको हुँदा आज नेपालमा यस्तो अवस्था आएको हो । दलका शीर्ष नेताहरुले आफुलाई नेपालको कानुन भन्दा माथि भएको ठानेका छन । त्यसैले नेपालको कानुन अनुसार नचलेर आआफ्नो सुरुची अनुसार नेपालको राजकिय सत्तालाई चलाउँदै आएकाछन जसको परिणामबाट नेपालमा चरम भ्रष्टाचारको अवस्था निर्माण भएर अराजकता फैलिएको छ ।
दलका शीर्ष नेताहरुले सुनीतिलाई एकातिर थन्काएर आफ्नो सुरुची अनुसारको नियमावली बनाएर स्थापित ऐन, कानुन र नियमहरुलाई पनि संसोधन गरी पंगु पारीसकेका छन । सरकारै पिछे र मंत्री नै पिछे नियमावलीहरु फेरबदल गरी आआफ्नो फाईदा निकाल्ने र मुल नीतिलाई पंगु पार्ने गर्दछन । भन्न र देखाउनको लागि नेपालमा स्वतंत्र बजार अर्थतंत्र भएपनि दलहरुले बोलकबोलमा गर्न पाउने कामहरुको लागतको सिलिङ बढाएर, उपभोक्ता मार्फत गर्न पाउने कामको लागतको सिलिङ बढाएर, अनुदान र सव्सिडि इत्यादि बढाएर स्वतंत्र बजार अर्थतंत्र नीतिलाई प्रभावित तुल्याएका छन । यही कारणले गर्दा नेपालमा वेईमानहरुको राज चलेको छ भने इमान्दारहरुले आफ्नो योग्यता अनुसार प्रतिस्प्रधा गरी काम नपाउने भएकाछन ।
नेपाल राष्ट्र र नेपाली जनतालाई ऋणको भारी मात्रै बोकाउने संघियता र गणतंत्रलाई जोगाउनको निमिक्त दलहरुले नेपाली जनता माथि ढाडै भाचिने गरी कर भ्याट बढाएका छन अनि समयमा त्यस्ता कर भ्याट तिर्न नसक्दा व्यक्तिको कंपनी नै बन्द हुने गरी जरिवाना लगाउँदै आएकाछन । धनी वर्गलाई भने कर शुल्कमा दलको सरकारले भारी छुट दिने गरेको छ भने तल्लो तप्काका गरिब नेपाली जनतालाई ढाडै सेक्ने गरी कर जरिवाना लगाउने गरेका छन । नीतिगत भ्रष्टाचार गर्न माहिर एमाले शीर्ष नेता प्रधानमंत्री ओलीको राजिनाम नेपाली जनताले माग्दैछन । तर प्रधानमंत्री ओली त्यसको लागि तयार देखिएको छैन र आफु मुछिएको काण्डहरुको ढाकछोप गर्ने प्रयासरत छन । उहाँले आफ्नो झोलेहरुलाई सोकाम पुरा गर्न कम्बोडिया पठाएका छन । अनेक भ्रष्टाचार काण्डमा मुछिएका एमाले शीर्ष नेता प्रधानमन्त्री ओली एउटा भ्रष्टाचार काण्डको ढाकछोप गर्नको लागि अनेक भ्रष्टाचार काण्डहरु गर्दै छन् ।
एमाले शीर्ष नेता प्रधानमंत्री ओलीले भ्रष्टाचारीको मुखै नहेर्ने सार्वजनिक कसम खाएको भएतापनि आफ्नो अनुहार भने दैनिक ऐनामा पक्कै पनि हेर्ने गरेका हालन ? उहाँ भन्दा ठुलो भ्रष्टाचारी नेपालमा अर्को नभएको हुँदा नेपाली जनताले उहाँलाई महाभ्रष्टाचारीको नाम दिएकाहुन । त्यसैगरी नेपालको बिकास गरेको भन्दै फाल्तु संरचनाहरु बनाएर नेपाल राष्ट्र र नेपाली जनतालाई ऋण बोकाउने भएकाले उहाँको कामलाई नेपाल राष्ट्र नेपाली जनताको लागि बिनासकारी मानी उहाँलाई भष्मासुर भन्दै आएकाछन ।
उहाँले फाल्तु राष्ट्रिय ऋण लिने र त्यसलाई फाल्तु परियोजनाहरुमा लगानी गर्ने गरेकाले उहाँको कार्यकालमा नेपाल राष्ट्र र नेपाली जनताले सबै भन्दा धेरे ऋणको भारी बोक्नु पर्ने हुन्छ । यसपटक पनि उहाँको तीन महिनाको कार्यकालमा नै १ खर्ब १८ अर्ब ऋण बढाएका छन । उहाँ अझ १ बर्ष सत्तामा बस्ने हो भने नेपालको राष्ट्रिय ऋणले ३० खर्ब नाघ्ने पक्का छ । उहाँले राजीनामा दिन जानेको छैन त्यसकारण सत्तामा जुका झै टाँसी बस्ने हुँदा उहाँलाई पदबाट हटाउनको निमिक्त पहिले पनि सर्बोच्च अदालतबाट परमादेश नै ल्याउनु परेको थियो । त्यसकारण यो अवस्थालाई नै दलका शीर्ष नेताहरुको नैतिक पतनको चरम उत्कर्ष भएको मान्न सकिन्छ ।