काठमाडौं । अहिले दुई दलीय सरकार छ र ‘अैँचोपैँचो’ मा निर्वाचन आयोगको आयुक्त र प्रतिनिधि सभा सचिव साटफेर जेन्टलमेन्ट एग्रिमेन्ट भएको छ,दुई दलबीच भनिदैंछ ।सभामुख कम्बोडिया पुगेको मौका छोपेर संघीय संसदका सचिव सुरेश अधिकारीले राजीनामा दिए । यो राजीनामा पछिको अन्र्तय भने कमैले मात्र बुझेका छन् । पाँच बर्षका लागि जागिर खान गएका अधिकारीले पाँचै महिनामा किन जागिरबाट हिड्नु परेको होला ? कारणहरु अनेक छन्,बैकुण्ठ अर्याल सहज रुपमा बर्हिगमन भएको भए मुख्यसचिव हुने थिए सुरेश । तर विकल र सुनिल पौडेलहरुको खेलोमेलोमा परेर एकातिर मुख्यसचिव बन्ने बाटै व्लक भयो । शिक्षा मन्त्रालयको सचिव हुँदै अवकाश गए वैशाखमा ।
अवकाशको दुई महिना पछि उनलाई प्रतिनिधि सभाको सचिवको जिम्मेवारी दिइयो । तर पाँचै महिनामा उनी किन बाहिरिए होला ? स्रोत भन्छन्,एकातिर संसदमा रमाउन नसक्नु अर्कातर्फ संवैधानिक आयोगको पदाधिकारीमा कुरा चल्नुले अधिकारीको राजीनामा आएको हो । अर्कातिर संसदमा कांग्रेसको प्रतिनिधित्व शून्य छ । सभामुख,उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष सबै काँग्रेस इतरका छन् । महासचिव पनि कांग्रेस निकट होइनन्, सचिव पनि कांग्रेसका नहुँदा काँग्रेसले त्यहाँ अप्ठ्यारो महसुस गरिरहेको छ । त्यही कारण कांग्रेसले आफू निकटको सचिव प्रतिनिधिसभामा छिराउन चाहन्छ । त्यसका लागि अधिकारीलाई संबैधानिक निकायमा पठाएर रिक्त सचिवमा कांग्रेसीलाई बनाउने चालबाजी हो यो । संसदको महासचिवबाट राजीनामा गराईएका भरतराज गौतमलाई निर्वाचन आयोगमा लैजाने भनिएको थियो ।
उनलाई राजीनामा गराएर प्रतिनिधिसभाको सचिव रहेका पद्मप्रसाद पाण्डेलाई महासचिव बनाएपछि रिक्त रहेको सचिवमा नियुक्त भएका अधिकारीलाई गौतमलाई दिने भनिएको निर्वाचन आयुक्त थमाईने श्रोतको भनाई छ । पूर्व सचिव ईश्वरीप्रसाद पौडेल निर्वाचन आयुक्त बाट घर गएपछि एक थान निर्वाचन आयुक्त पद खाली छ । कृष्णमान प्रधान यौनकाण्डमा परेर निर्वाचन आयुक्त हुन सकेनन् । सिफारिश गरिएपनि सुनुवाई समितिले अस्वीकृत गरेपछि त्यहाँ लैजान खोजिएको हो सुरेशलाई भन्छन्,एकाथरी प्रशासकहरु ।
अहिले पनि नेपालको कर्मचारी प्रशासन संयन्त्रदेखि आयोगहरुमा हुने नियुक्तिमा दिनेश थपलियाकै जोडबल चल्छ । उनैले भनेझैंका कर्मचारीहरू मालदार ठाउँमा पुग्छन् । उसो त आयोगका प्रमुख आयुक्त दिनेश थपलिया र अधिकारी एकै जिल्लाका मात्र होइनन् । नातेदार पनि हुन । उनीहरु नातामा फुपुको छोरा र मामाको छोरा हुन । दिनेशकै सिफारिश र सहयोगमा अधिकारीले मालदार मन्त्रालयमा सचिव हुने अवसर पाएका हुन सुरेशले भन्नेहरु पनि छन् ।
उसो त अख्तियारका प्रमुख आयुक्त प्रेम राई पनि संखुवासभाकै हुन्। निजामती सेवामा कुनै समय दिनेश र प्रेमको कुनै बेला जगजगी नै थियो। भलै, दुवै जनाले निर्वाचन आयोग र अख्तियारको मूली भएर काम गरिरहेकै छन्। दुई जिल्लाबासीले सत्ताका मठाधिशलाई दाहिने पारेर अधिकारीलाई निर्वाचन आयोगमा विराजमान गराउन लागिपरेको श्रोतको भनाई छ ।