बारा जिल्लास्थित महागढीमाई नगरपालिकाको बरियारपुर गाउँमा हरेक पाँच वर्षमा लाग्ने प्रसिद्ध गढीमाई मेलामा पशु बलि दिइएको छ । आइतबारदेखि मेलामा दिइने बलि र गढीमाई दर्शनका लागि दर्शनार्थीको ओइरो, रङ्गीचङ्गी सजावट, विभिन्न प्रदर्शनी, खेल तमासाका मनोरञ्जनात्मक दृश्य र व्यापारले मेलाको रौनक बढाएका छन् । शक्तिपीठ गढीमाईप्रति आस्था राख्ने देश विदेशका दर्शनार्थी मेला भर्न आउने गरेकाले गढीमाईको ख्याति फराकिलो बन्दै गएको क्रमसँगै मेला मूल व्यवस्थापन समितिको आग्रहमा जिल्लाका अधिकांश विद्यालयको पठनपाठन शुक्रबारदेखि पाँच दिनका लागि बन्द गरिएको छ । मेलाको शान्ति सुरक्षा कस्तो छ भन्ने सन्दर्भमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसँग तामाकोशी सन्देश साप्ताहिकको प्रतिनिधिले गरेको कुराकानीको अंशः
० हरेक पाँच वषमा चल्ने प्रसिद्ध गढीमाई मेला चलिरहेको छ । तपाईँ यहि जिल्लाको प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ, शान्ति शुरक्षाको अवस्था कस्तो छ ?
बारा जिल्लास्थित महागढीमाई नगरपालिकाको बरियारपुर गाउँमा हरेक पाँच वर्षको अन्तरमा मंसिरमा लाग्ने पशुपंक्षी बलिका लागि प्रसिद्ध गढीमाई मेलाको चहलपहल रहेको छ । आइतबारदेखि मेलामा दिइने बलि र गढीमाई दर्शनका लागि दर्शनार्थीको ओइरो, रंगीचंगी सजावट, विभिन्न प्रदर्शनी, खेल तमासाका मनोरञ्जनात्मक दृश्य र व्यापारले मेलाको रौनक बढाएका छन् । यस क्षेत्रका सर्वसाधारणले यो मेलालाई उत्सवका रूपमा मनाउने गरेका छन् । मन्दिर भरिभराउ छन् । सडक र मेलामा भीड बढेको छ । शक्तिपीठ गढीमाईप्रति आस्था राख्ने देश विदेशका दर्शनार्थी मेला भर्न आउने गरेकाले गढीमाईको ख्याति फराकिलो बन्दै गएको क्रमसँगै मेला मूल व्यवस्थापन समितिको आग्रहमा जिल्लाका अधिकांश विद्यालयको पठनपाठन शुक्रबारदेखि पाँच दिनका लागि बन्द गरिएको छ ।
यसैगरी मधेस प्रदेश सरकारले बलिका दिन प्रदेशभरि बिदा दिएको छ । आसपासका विद्यालयमा दर्शनार्थीहरूको बासका लागि सहज होस् भनेर विद्यालयको पठनपाठन बन्द गरिएको छ । मेला लाग्ने आसपासका गाउँ र सहरका घरघरमा पाहुना भरिभराउ देखिएका छन् । सार्वजनिक स्थलहरूमा मेला भर्न आउनेहरूले बासको व्यवस्था गर्न थालेका छन् । मेलाको मुख्य आकर्षण पशुपंक्षीको बलि हो । तर कतिपयले मन्दिरमा अबिर, फूलमाला, मिठाइ, नरिवल पनि चढाउने गरेका छन् । मेलामा दर्शनार्थीको सहजताका लागि बिजुलीबत्ती, सयौं सीसी क्यामरा, शौचालय, पार्किङ, खानेपानी, घुम्ती एटिएम, मन्दिर वरिपरि वाईफाई, मेलास्थलको सबै नाकातिर पार्किङ, ट्राफिक व्यवस्थापन, निःशुल्क स्वास्थ्य जाँच शिविर, एम्बुलेन्स, बारुण यन्त्र तथा भोजनलगायतको तयारी व्यवस्थित रूपमा गरिएको छ ।
यसैगरी राँगाको बलिका लागि बधशाला व्यवस्थापन, हेलिप्याड र सुरक्षाको बन्दोवस्त गरिएको छ । मेला भव्य र सभ्य बनाउन आवश्यक सबै तयारी पूरा गरिएको छ चिताएको कुरा पुरा हुने भक्तजनले स्वस्फुर्त रूपमा भाकलका लागि कोही पशुपंक्षी बलि र फूलप्रसाद चढाउने गरेका छन् । आइतबार राँगा र सोमबार अन्य पशुपंक्षीको बलि दिइयो । गढीमाई मेलामा देशैभरि र भारतको पञ्जाब, हरियाणा, विहार, झारखण्ड, उत्तराखण्ड, उत्तरप्रदेश, मुम्बई, दिल्ली, पश्चिम बंगालबाट लाखौं दर्शनार्थी आउने गरेका छन् ।राँगा बलिका लागि २ बिघा क्षेत्रफलमा फैलिएको बधशालाभित्र साढे २ सय मार हान्नेलाई समितिबाट लाइसेन्स दिइएको छ । पशुपंक्षी बलिका लागि प्रसिद्ध मेलामा मानवरहित ड्रोन क्यामरा उडान गर्न, बधशालाको तस्बिर खिच्न, मार हान्ने मारकहरूलाई सामूहिक रूपमा धारिलो हतियार प्रदर्शन गर्नमा स्थानीय प्रशासन र मेला समितिले रोक लगाएको छ । मेलाको ओजमा कुनै प्रकारको असर नपर्ने गरी सुरक्षाको दृष्टिकोणले रोक लगाइएको छ ।
मेलाको सुरक्षाका लागि २ हजार नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । दर्शनार्थीको आउजाउ सहज पार्न ६ सयको हाराहारीमा ट्राफिक प्रहरी पनि परिचालन गरिएको छ । मेलामा २ हजार ५ सयको हाराहारीमा सादा पोसाकसहितका सुरक्षाकर्मी परिचालन गरिएको छ । विगतमा मेलामा खुला मदिरा सेवन तथा चिसोले कठ्यांग्रिएर दर्शनार्थीको मृत्यु र मेलामा पाकेटमारीदेखि लुटपाट तथा यौन हिंसाका क्रियाकलापका घटना भएकाले सुरक्षा चुनौती पनि छ । आमदर्शनार्थीको सुरक्षाका लागि संवेदनशील छौं । सुरक्षा चुनौतीलाई चिर्न सुरक्षा तयारी गरिएको छ ।
० भिडको फाइदा उठाउँदै पाकेटरमारहरु बढेको छ । यसलाई कसरी नियन्त्रण गर्नु भएको छ ?
सुरक्षाको चुस्त व्यवस्थापन गरेका छौं । सातादेखि सोमबारसम्म शुक्रबारसम्म १२ सयको हाराहारीमा पाकेटमारलाई प्रहरीले पक्राउ गरेको छ । ५० देखि सय पाकेटमार पक्राउ परिरहेका छन् । उनीहरूलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । गरहना थुत्ने, पाकेट मार्ने र अन्य तरिकाले चोरी गर्नेहरूलाई नियन्त्रणमा लिइएको छ ।
० मेला महोत्सवहरूमा बिक्री वितरण हुने खाद्य पदार्थहरूमा अखाद्य पदार्थ बिक्री बढी हुन्छ त्यसका लागि के गर्नु भएको छ ।
जारी गढीमाई मेलाको खाद्यवस्तुको परीक्षण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको र्यापिड रेसपोन्स टिमले मोबाइल खाद्य प्रयोगशाला भ्यान प्रयोग गरी बारास्थित गढीमाई मेलाको खाद्य वस्तुको परीक्षण गरिएको छ । अनुगमनका क्रममा दुध, खुवा, प्रशोधित पिउने पानी, कटन क्याण्डी, लड्डु, जेरी, चप, पानी पुरी तथा तेल लगायतका गरी १३८ वटा नमुनाहरूको स्थलगत प्रयोगशाला परीक्षण चेकजाँच गरिएको छ । चेकजाँचका क्रममा कैफियत पाइएका तेल, रंगिन मिठाई र कटन क्याण्डी नष्ट गरी कारबाही गरिएकोे छ । सचेतना अभिवृद्धि गर्ने उद्देश्यले निरीक्षण अनुगमन गरिएको हो । मेला महोत्सवहरूमा बिक्री वितरण हुने खाद्य पदार्थहरूमा अत्यधिक रंगको प्रयोग, उपभोग्य अवधि समाप्त भएका खाद्य वस्तुहरूको बिक्री वितरण, खाद्य वस्तुहरू तार्न एउटै तेलको बारम्बार प्रयोग, लेखिएको मसी भएको कागजमा खाद्य पदार्थहरूको प्याकिङ, अखाद्य रंगहरुको प्रयोग, खाद्य वस्तुहरूको उचित तापक्रममा भण्डारणको अभाव, खाद्य वस्तुहरू तयार गर्दा सरसफाइको कमी जस्ता समस्याहरू देखिने गरेको छ ।जसबाट उपभोक्ता स्वास्थ्यमा असर पर्न सक्ने तथा खाद्य स्वच्छता कायम हुन नसक्ने हुँदा यस्ता मेला महोत्सवहरूमा अनुगमन तथा उपभोक्ता सचेतना कार्यहरू गर्दै आएको छ ।
० यो बर्ष कति बलि चढ्ने र कति भक्तजन आउने अनुमान रहेको छ ?
गढीमाई मेलामा भारतबाट मात्रै ७० प्रतिशत श्रद्धालु भक्तजनहरु आउने गर्दछन्। दिल्ली, हरियाना, उडिसा, विहार, झारखण्ड, युपी, बंगाललगायतका राज्यबाट ठूलो संख्यामा भक्तजनहरू आउने गर्दछन् । साथै चीन, अमेरिका लगायतका अन्य देशहरूबाट पनि मेला हेर्नकै लागि भए पनि भक्तजनहरू आउने गर्दछन् । यसवर्ष २ करोड बढी दर्शनार्थी आउनुहुन्छ भन्ने अपेक्षा गरेका छौं ।आइतबार ६ बजेदेखि दिउँसोसम्म राँगा बलि दिइएको थियो । पञ्चवर्षीय गढीमाई मेला व्यवस्थापन समितिका अनुसार करिब १० हजारभन्दा राँगाको बढी दिइसकेको छ ।
० निजामती सेवामा किन चाँडो–चाँडो सरुवा भइरहन्छ ?
यसले अलिकति समस्या त पार्छ । प्रजिअ एउटै जिल्लामा लामो समय बस्नु हुन्न भन्ने मान्यता त मेरो पनि हो । तर कम्तीमा पनि एक वर्षचाहिँ बस्नुपर्छ । प्रजिअले कठोर निर्णय लिनुपर्ने हुन्छ । एक वर्षभन्दा बढी बसियो भने त्यहाँको जनतासँग घुलमिल हुन्छ चिनजान हुन्छ त अलिकति हेरिदिउँ भन्नेतिर लागियो भने कानुनी शासनको अनुभूति जनतालाई कम हुन्छ । छिटै सरुवा हुँदा बुझ्दा–बुझ्दै चिन्दा–चिन्दै सरुवा हुन्छ र जनताले पनि पाउनुपर्ने सेवा नपाउन सक्छन् । प्रमुख जिल्ला अधिकारीले पनि आफ्नो क्षमताअनुसारको सेवा दिन सक्दैन ।
० संघीयताअघि र संघीयतापछि निजामती सेवाको कार्यसम्पादन शैलीलाई कसरी लिन सकिन्छ ?
संघीयताअघि र पछि प्रमुख जिल्ला अधिकारीको भूमिकामा चाहिँ अवश्य परिवर्तन भएको छ । संघीयताअघि प्रमुख प्रशासकका रूपमा प्रजिअ हुन्थ्यो । जनताका सानादेखि ठूला समस्या त्यहीबाट सम्बोधन गर्नुपथ्र्यो । जनताले अपेक्षा गरेको ठाउँ पनि यही हुन्थ्यो । संघीयतापछि कार्यसूची विभाजन भएको छ । धैरै काम स्थानीय सरकारमा गएको छ । यसले गर्दा प्रजिअको भूमिका घटेको जस्तो देखिन्छ ।
तर भूमिकाचाहिँ बढेको छ । प्रदेश सरकारसँग पनि समन्वय गर्नुपर्छ, संघीय सरकारको त प्रतिनिधि नै भयो र स्थानीय सरकारसँग पनि प्रजिअले नै समन्वय गर्नुपर्ने हुन्छ । यसको अर्थ भूमिका परिवर्तन भएको छ घटेको छैन । मेरो हकमा संघीयताअघि र संघीयतापछि कार्यसम्पादनमा सहज–असहजको कुरा गर्नुपर्दा संघीयताअघि म प्रजिअ भएको थिइनँ । सुनेको मात्र हो यस्तो छ भन्ने कुरा । अहिले मर्यादा क्रममा समस्या छ । पालिका प्रमुख उप–प्रमुखहरूको मर्यादाक्रममा माथि राख्ने प्रजिअलाई तल राखिएको छ । जिल्लाभरि हेर्नुपर्ने प्रजिअले उहाँहरूको मर्यादा क्रमचाहिँ माथि, यसमा केही विवादचाहिँ भएको हो कि ?
० कामका दौरान कस्ता–कस्ता दबाब आउँछन् ?
कानुनमा व्यवस्था नभएका तर गर्नै पर्छ भन्ने दबाब पनि आउँछन् । जस्तो नागरिकताको कुुरा गर्दा जन्मका आधारमा नागरिकता लिनेहरूको । बच्चाको पनि नागरिकता लिने बेला भयो । संविधानअनुसार उनीहरूले वंशजका आधार नागरिकता लिने व्यवस्था छ । नागरिकता ऐनमा यो व्यवस्था छैन । यस्तोमा दिनुप¥यो, पाउनुप¥यो भन्ने कुराहरू आउँछन् । हामी कानुन आएको छैन आएपछि दिन्छौं भन्छौं । हामीलाई अप्ठ्यारो पनि लाग्छ, दुःख पनि लाग्छ । उसले काहीँकतै अवसर पाउँथ्यो, अघि बढ्ने मौका पाउँथ्यो । उसको अवसर त रोकिएको छ नि । हामी कानुनको अधिनमा रहनुपर्छ । कानुन नमानेर व्यवहारिक हुन मिल्दैन । कतिपय कुरामा– कानुन मिलेको हुन्छ, सबै कुरा हुन्छ प्रक्रियामा नभएर एकदम छिटो गरिदिनुप¥यो, अहिले नै चाहियो । भर्खरै चाहियो भन्ने कुरा आउँछ । प्रक्रियामा जाँदा कुनै कुराले समय लिन्छ । प्रक्रियामा जाँदा सेवाग्राहीले झन्झट गराए भन्ने सोच्नुहुन्छ । गुनासो गर्नुहुन्छ । तर कानुनभन्दा बाहिरको दबाब स्वीकार्य हुँदैन नि ।