सरकारी कार्यालयमा कम्प्युटर अपरेटरको राइँदाईँ

राजनीति समाचार

काठमाडौं । ब्युरोक्रेसीभित्र हुने गरेको चलखेलले कर्मचारी प्रशासन नै बद्नाम हुँदै गएको छ । कर्मचारीको यस्तो रवैयाले गर्दा यातायात, मालपोत, नापी, उद्योगी विभाग, कम्पनी रिजिष्ट्रार कार्यालय, कर कार्यालय, आन्तरिक राजश्व कार्यालय, ठूला करदाता कार्यालय, श्रम कार्यालय, वैदेशिक रोजगार विभाग जस्ता ठाउँ भ्रष्टाचारीहरुको अखडाको रुपमा चिनिने गर्दछन् । सरकारले सेवाप्रवाहलाई छिटो, छरितो र भरपर्दो सेवा दिने भनेर सबैं क्षेत्रमा अनलाइन सेवा प्रणाली सुरु गरे तापनि त्यो प्रणाली लागु हुन सकेको छैन । उल्टै विचौलियालाई प्रयोग गरेर सेवाग्राहीलाई झुलाउने काम गरिन्छ ।

यतिबेला सबै क्षेत्रमा कम्प्युटर प्रणाली लागु गरिए तापनि कम्प्युटर अपरेटरहरुले समयमा काम नगरेर सेवाग्राहीलाई हैरान पार्दै कमाइ गर्ने थलो बनाएका छ । अधिकांश सरकारी कार्यालयका कम्प्युटर अपरेटरहरुले बहाना पारेर कहिले बत्ती नभएको, कहिले सफ्टवेयरले काम नगरेको, कहिले इन्टरनेट नभएको त कहिले प्रिन्टर बिग्रिएको बहाना बनाएर सेवाग्राहीहरुलाई दुःख दिने काम गर्दै आएका छन् । सरकारी कार्यालयका कम्प्युटर अपरेटरहरु मालदार ठाउँमा जानको लागि न्वारनदेखि बल निकालेर शक्तिकेन्द्र धाउने गर्दछन् । एउटा मालदार कार्यालयका कम्प्युटर अपरेटरल एउटै कार्यालयमा ३ देखि ५ वर्षसम्म बस्न रुचाउने गर्दछन् ।

यदि मालदार कार्यालयबाट अन्यत्र सरुवा गर्दा पनि उनीहरु यथावत स्थानमा रहन प्रयास गरिरहन्छन् । त्यसको उदाहरण कम्पनी रजिष्ट्रार कार्यालयका कम्प्युटर अपरेटर नाराणण विष्ट बनेका छन् । विष्ट विगत पाँच वर्षदेखि कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्प्युटर अपरेटर पदमा कार्यरत छन् । विष्टको गत भदौमै श्रममन्त्रालयमा सरुवा भएको थियो । तर, चार महिना बितिसक्दा पनि उनी आफू सरुवा भएको मन्त्रालयमा नगएर कम्पनी रजिष्ट्रार कार्यालयमै टाँसिइरहेका छन् । श्रमका कम्प्युटर अपरेटर रमेश नेपाल कम्पनी रजिष्ट्रार कार्यालयमा आउने तयारी गर्दा कम्पनी रजिष्ट्रारकै कम्प्युटर अपरेटर नारायण विष्टले आउन नदिएको बताइन्छ ।

अर्का नासु अमरराज जोशी तीन वर्षदेखि कम्पनी रजिष्ट्रार कार्यालयमै बस्न सफल भएका छन् । उनी पनि सरुवाको रमनापत्र बुझ्ने बेलामा अन्यत्र सरुवा भएको बहाना बनाएर कम्पनी रजिष्ट्रारमै थमौती भएका छन् । उता नेपाली कांग्रेस निकट कर्मचारी संगठनका नेता गोपाल पोखरेलका सहयोगी श्रीराम पौडेल कम्पनी रजिष्ट्रारको कार्यालयमा रजाइँ गरिराखेका छन् । यी त एउटा उदाहरणका पात्र मात्रै हुन् । यस्ता पात्रहरु अधिकांश सरकारी कार्यालयमा थुप्रै छन् । कतिपय कम्प्युटर अपरेटरहरुले अधिकांश सर्वसाधारण सेवाग्राहीलाई सताउँदै आएका छन् । माथि उल्लेखित कार्यालयका कम्प्युटर अपरेटरहरुले सधैं सेवाग्राहीलाई हैरानीमा पार्ने र रकम असुल्ने काम गर्दै गर्ने गर्दछन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *