भ्रष्ट डिएसपीलाई आईजीपीको संरक्षण

राजनीति समाचार

काठमाडौं । बारम्बार समाज कल्याणमा बसेर अकुत सम्पत्ति आर्जन गरेका डिएसपी महेन्द्र हमाल सशस्त्रले चलाएको स्कूलको ९ करोड भ्रष्टाचारमा जोडिँदा सरुवा भएको ठाउँमा जान पाएनन् । आईजीपी नारायणदत्त पौडेलको संरक्षण प्राप्त उनी साज कल्याणबाट सशस्त्रकै अस्पतालमा सरुवा भएका थिए ।

विद्यालय र अस्पताल समाज कल्याण अन्तर्गत पर्दछन् । त्यहीँ कारण समाज कल्याण अन्तर्गत नै उनको सरुवा भएको हो । तर विद्यालयको लेखा शाखाकी निरीक्षक पदकी रिता गुरुङ छानविनमा दोषी ठहर भएपछि भ्रष्टाचार मुद्दामा थुनामा पुग्दा विद्यालयको खर्चमाथि अनुगमन नगर्ने डिएसपी कसरी जोगिए शंका गर्ने ठाउँ भयो ।

आईजीपी नारायणदत्तको २३ महिने कार्यकालसम्म डिएसपी हमाललाई आफ्नै सचिवालयमा राखेर कारबाही हुनबाट जोगाए पनि फौजभित्र उनी भ्रष्टकै रुपमा चिनिन पाउने छन् । छानविन समितिले थालेको अनुसन्धानमा हालको गल्ती लुकाउने ठाउँ नभएको बताइन्छ । लेखा प्रमुखले हरके वर्ष खर्च र आम्दानीको विवरण दिनुपथ्र्यो । तर, सशस्त्रको कीर्तिपुरको स्कुलको एकाउन्टेन्ट गुरुङले हिसाब फरफारक नगरेको चार वर्ष भएको थियो । ट्राभल्स एजेन्सी चलाएका आफ्नो प्रेमिमार्फत् भ्रष्टाचार गरेको रकम खर्च गरेकी एकाउन्टेन्टले प्रेमीलाई पनि छानविनको दायरामा पारेकी छिन् ।

आइजीपीका विस्वासिला डीएसपी हमाल भने हलचोकमै घुमफिर गरिरहेका छन् । यो काण्डमा जागिर जान सक्ने अवस्था हो । तर, संगठन प्रमुखकै संरक्षण भएपछि छानविनमै प्रभाव पर्ने स्थिति देखिएको समाचार स्रोतको दावी छ । प्रशासनमा पनि यतिबेला आर्थिक रुपमा विवादित एआईजी अञ्जनी पोख्रेल भएकाले डीएसपी हमाललाई हाइसन्चो भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *