मधेसको नाउमा देखियो छटपटी

राजनीति समाचार

काठमाडौं । मुद्दा उठाउने मधेसका जनताको दैनिकीमा राजनीति स्वार्थ चम्काउने मधेसी मोर्चाका दलहरुलाई अग्रगामी मोर्चाको रहर जागेको छ । डा. बाुबराम भट्टराई जसपामा गए त्यहाँ टिकेनन् । माओवादी त्यागेर समाजवादी पार्टी बनए पनि जनताले नपत्याएपछि माओवादीबाट जनार्दन, राम कार्की, सुदन किराँती लगेर प्रलोपा खडा गरी चुनावमा जाँदा जमानत जोगाउन नसक्ने हालत देखियो ।

जनार्दन पुरानै प्रलोपातिर लागे । उनले रास्वपा त्यागेका प्रकाशचन्द्र परियारहरुलाई साथी बनाए तर संगठन छैन । त्यस्तै हालत मधेसका मठाधिसहरु उपेन्द्र यादव, सिके राउत, राजेन्द्र महतो, प्रभु साह जस्ताको सक्रियता पत्यारलाग्दो नहुँदा त्यहाँ रेशम चौधरी र जनार्दन शर्मा पनि जोडिएका छन् । जो जस्ता अनुहार जोडिए तापनि ३२ सिटको मधेसमा एक सिट माओवादी र एक सिट कांगले पाएका छन् ।

अरु ३० सिट रास्वपाले पाएको बेला संघीय सरकारमा रास्वपा भए तापनि मधेस प्रदेशमा मधेसी दल नै भाग बण्डामा सक्रिय थिए । मधेसका पिडा समाधान गर्न उनीहरुले चासो दिएनन् । तर आज अग्रगामी मोर्चाको आवश्यकता तीनले ठाने जो हिजो शासक बन्दा मधेसको शिक्षा, स्वास्थ्य, रोजगारी, कृषिजस्ता सर्वसाधारणका जल्दाबल्दा विषयमा चासो दिएका थिएनन् । माओवादबिाट उछिट्टिएका जनार्दन शर्मा त्यहीँ अग्रगामी मोर्चाको खेतला बनेर गुमेको राजनीतिक शाख जोगाउने दाउमा लागेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *