हुलाक बचत बैंकको रकम अपचलन गरेको अभियोगमा ६ जनाविरुद्व मुद्दा दायर

विविध समाचार

काठमाडौं । हुलाक कार्यालयका तत्कालीन प्रमुख जयलाल प्रसाद साह सहित ६ जनाविरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले २०६० सालदेखि हुलाक बचत बैंकको जिम्मा लिँदै आएकाहरुले बचतकर्ताको रकमको अभिलेख नराखी आफूखुसी अपचलन गरेको अनुसन्धानका क्रममा पाइएकाले मुद्दा दायर गरेको हो । उनीहरुले बैंकमा जनताको निक्षेप सङ्कलन गरी बचतकर्ताको पासबुक, लेजरमा मात्रै प्रविष्ट गरेको र कार्यालयको नगदी रजिष्टरमा नराखेको, बैंक दाखिला नगरी आफूखुसी बाँडफाँड गरी अपचलन गरेको अनुसन्धानका क्रममा पाइएको आयोगले ठहर गरेको छ ।

जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन प्रमुख जयलालप्रसाद साह कानू, अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव, सुजितकसुमार साह, तत्कालीन नासु बलिरामप्रसाद कुर्मीलगायतले पाँच करोड ३५ लाख ६४ हजार २७९ बराबरको रकम हिनामिना गरेको अभियोगमा उनीहरुविरुद्व कैद, जरिवाना र बिगोसमेत असुलल उपरको गरी पाऊँ भन्दै आयोगले मुद्दा दायर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *