काठमाडौं । दक्षिण अमेरिकामा विनाशकारी आँधीका कारण कम्तीमा ३४ जनाले ज्यान गुमाएका छन् ।
बीबीसीका अनुसार खतरनाक आँधीले दक्षिण–पूर्वी राज्यहरूमा ठूलो क्षति पुर्याउनुको साथै ३४ जनाको ज्यान गएको उल्लेख गरेको हो । सरकारी अधिकारीहरूका अनुसार शनिबार दिउँसोसम्म आँधीका कारण कैयौं गाडीहरू पल्टिँदा सात राज्यका २ लाख ५० हजारभन्दा बढी घरमा विद्युत् आपूर्ति अवरुद्धहुँदा धेरै घरहरु समेत क्षतिग्रस्त भएका छन् ।
मिसिगन, मिजौरी र इलिनोइस सबैभन्दा बढी प्रभावित रहेका अधिकारीहरूको भनाई रहेको छ ।

