काठमाडौं । नेपाल प्रहरीका प्रमुख आईजीपी बसन्त बहादुर कुँवर आज राती १२ बजेपछि अनिवार्य अवकासमा जाँदै छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिमा बोलेर तत्कालिन गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्नता नभेटिएको भन्दै क्लिन चिट दिदाँ होस या सरकार परिवर्तन पछि तिनै रविलाई पक्राउ गरेर रातारात चितवनबाट पोखरा हिडाउँदाको विषय होस । हरेक जस्ता घटनाक्रममा विवादित बनेका कुँवर सरकार परिवर्तन पिच्छे दबावमा उनले आफ्नो कार्यकाल सुखले विताउन पाएनन् ।
तत्कालिन गृहमन्त्री रविले पदमुक्त गर्नै चर्चा देखि अन्तरजातिय विवाहमा हस्तक्षेप गरेको विषयमा भएको विवादले उनलाई सधै तनाव दिईरह्यो । यसरी समस्या भोगिरहेका कुँवर, देशका प्रमुख दुई दल काँग्रेस र एमालेको समिकरणबाट बनेको दुई तिहाईको बलियो तथा स्थायी सरकार बनेका बेला भने प्रहरी नेतृत्वबाट अवाकाश लिँदै छन् । ३० वर्षे उमेर हदका कारण उनले बाध्यकारी रुपमा अवकाश लिनुपर्ने हुन्छ । उनलाई आज प्रहरी हेडक्वार्टरले बिदाइ गरी पठाउने तयारी गरको छ ।
कुँवरसँगै प्रहरीका ९ जना वरिष्ठ अधिकारी पनि अनिवार्य अवकाशमा जाँदै छन् । जसमा ५ जना अतिरिक्त महानिरीक्षक ९एआइजी०हरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, कुवेर कडायत, दुर्गा सिंह र जनकराज भट्टराई छन् भने ३ जना प्रहरी नायब महानिरीक्षक ९डिआइजी०हरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउत छन् । ५ चैत, २०५१ मा प्रहरी सेवामा प्रवेश गरेका उनीहरू प्रहरी नियमावलीअनुसार ३० बर्से सेवा अवधि पूरा गरेका कारण अवकाशमा जान लागेका हुन् ।