ट्रेड युनियनका नेता र कर्मचारीविरुद्व भ्रष्टाचार मुद्दा दर्ता

प्रशासन राजनीति समाचार

काठमाडौं । ट्रेड युनियनका नेता र कर्मचारीविरुद्व भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।

स्याङ्जाको अर्जुनचौपरी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घ नारायण अर्याल र प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङसहित १२ जना विरुद्व अख्तियार दुरुपयोग अनुसन्धानले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अर्जुनचौपरी गाउँपालिकामा बाटो ढलान गर्दा २३ लाख २५ हजार सात सय ९५ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना विरुद्व दोषी ठहर गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

आर्थिक वर्ष २०७५/७६ मा अर्जुनचौपारी गाउँपालिकाबाट कार्यान्वयन भएको गाउँपालिका सदरमुकाम व्यवस्थापन योजनाको २७ लाख ५० हजार ११ रुपैयाँ बराबरको र आर्थिक वर्ष ०७६/७७ मा आठ लाख ३५ हजार तीन सय २० रुपैयाँ बराबरको गुणस्तरहीन काम भएको भन्दै अख्तियार विषेश अदालतमा पुगेको थियो ।

विशेष अदालतका न्यायाधीशहरु अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरुलाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *