काठमाडौं । सत्ता सञ्चालनमा असफल पात्र र प्रवृत्तिका कारण १६ वर्षे अवधि खेर गएको छ । पूर्व राजा नागरिक भएर देशमै व्यापार व्यवसायमा रमाएका बेला गणतन्त्रका मुखियाहरूले देखाएको चमत्कारबाट मुलुक ७२ खर्ब ऋणमा डुबेको छ । राप्रपाको नाममा रविन्द्र मिश्र, ज्ञानेन्द्र शाही, रेखा थापाहरूसँग रास्वपाका रवि लामिछाने पनि जोडिँदा नौलो हुँदैन । आफैले नपत्याएका कमल थापा र राजेन्द्र लिङ्देन भन्दा नवराज सुवेदीलाई पत्याउनु नै ज्ञानेन्द्र शाहको चुरीफुरी फिक्का हुनु हो ।
ज्ञानेन्द्रले कुन अवस्थामा गद्दी त्याग गरे, जनताले बुझ्छ । तर पनि उनको पैँसाले मेची महाकाली को यात्रा गरेका कमल थापा स्वयंमलाई जनताबाट पत्ताइन छाडेका छन् । राप्रपा एक्लै निर्वाचनमा जाँदा कति पटक संसदमा शून्य भयो । त्यो शून्यता देखेर नै भीम गौचनजस्ता राजावादी एमाले भए, कति कांग्रेस भए । पञ्चायतका पिलर सूर्यबहादुरका पुत्र सुनिल थापा राप्रपाको भविष्य छैन भनेर कांग्रेस भएका हुन् ।
नागरिकको नाताले ज्ञानेन्द्रले सभा गर्न पाउने छुट गणतन्त्रले नै दिएको हो । तर ज्ञानेन्द्रलाई शाहीकालीन उन्माद जाग्दा भ्रष्टाचारीहरूले खबरदारी गरेका हुन् । गणतन्त्रको १६ वर्षसम्म द्वन्द पीडितको सम्बोधन नगर्ने लाचारी नेताहरुमाथि जनमत छैन । गणतन्त्र संघीयता समावेशितामाथि विदेशी डलरको खेती चलाएर नेपाली धर्म संस्कार र संस्कृतिको तेजोबध गर्ने काम भएको छ । पूर्व राजाको पछुवा बनेका कमल थापा देखि राजेन्द्र लिङ्देनसम्म यसमा जोडिएका छन् । आफू राम्रो बन्न राम्रै व्यवहार गर्नुपर्छ । ज्ञानेन्द्र शाहीको कारण नेपाली प्रेस प्रताडित थियो । केपी ओली शेरबहादुर देउवा प्रताडित थिएनन् ।
अहिले देउवा र ओली रामराज्यले चम्काएको भस्मसुर रवैयाले जनआक्रोश उग्र बन्दै गर्दा पूर्व राजाले मौकामा चौका हान्न भ्याएका हुन् । तर राजावादीको टिमबाट देशकाल परिस्थितिको समयनुकूल आंकलन गरेको पाइँदैन । ज्ञानेन्द्र रविन्द्र र रेखा थापाको समर्थनले देशमा राजा हुने परिवर्तनको आश गर्नु सूर्यलाई हत्केलाले छेकेजस्तै हो ।

