रविन्द्रलाई हत्कडी लगाउँदा तोरीको फुल

राजनीति समाचार

काठमाडौं । राजाले २०४६ सालमा प्रजातन्त्र दिँदा दलहरू खुला भए । त्यो कुरा बौद्ध आरुबारीका साहित्यकार स्व. मनोजबाबु मिश्रलाई मन परेन । उनी बाँकी जीवन घर बाहिर निस्केनन् । तत्कालीन राजा वीरेन्द्रलाई उनले बहुदल दिनु खराब भयो भने तीन बाबुको छोरा राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रले भारतीय पँैसा खाएर नेपाललाई भारतमा मिलाउनुपर्छ भन्ने समाचार बिबिसी नेपाली सेवाले प्रसारण गरेको २० वर्ष भएको छैन ।

तिनै रविन्द्र मिश्र र खानदानी राणा धवलशमशेरको अगुवाईमा व्यवसायी दुर्गा प्रसाईको धर्म संस्कृति बचाउ अभियानले चैत १५ गते मच्चाएको राज्य विध्वंसकारी दुःखद घटनाले नेपाली कलमजीवी पत्रकारहरु पनि आतंकित छन् । संसदको दुई तिहाईको दम्ब दिएको स्वार्थगत भावनासँग प्रेरित सरकार झन् कुर्सी ढल्ने डरले आतंकित बन्दै गएको छ । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा राप्रपा र रासोपालाई सहभागिताको निम्तो दिइएन । रास्वपाले सरकारी पार्टी एमाले र कांग्रेसले जनता ठग्ने लाइसेन्स पाएको बताएपछि प्रधानमन्त्री तर्से । सहकारी मिटर ब्याजी ठगहरू एमाले कांग्रेस जसपा लगानीकर्तालाई पक्राउ त के बयान लिने छाँटकाँट पनि देखाएन ।

यसले गर्दा विकृतिका बीचमा पूर्व राजावादीले भन्ने ठाउँ पाएका हुन् । सञ्चारकर्मी छाडेर राजनीतिमा लागेका रविन्द्र मिश्र नयाँ पार्टी आफै सत्यानाश हुँदै गएपछि एकाएक राप्रपा प्रवेश गरी पाएको वरिष्ठ उपाध्यक्ष पद पनि हत्कडी लाग्यो । धवल शमशेर पहिलेकै राजावादी भएकाले पञ्चायत र शाहीकालको हत्कडीलाई अहिले पालोको पैँचो भन्दा हुन्छ । तर रविन्द्रले भने तोरीको फूल देखेका छन् उनको कला र गला राम्रो भयो ।

बीबीसीले जागिर दियो । तर नेपालमा २०४६ सालको आन्दोलनमा मिश्रप्रति विश्वास नहुँदा बेलायतकै पत्रकार मार्क टेलीलाई नेपाल पठाएर सत्य तथ्य समाचार प्रसारण गर्दा बीबीसी नेपाली पत्रकार स्वर्गीय केदार मानसिंह समेत पञ्चायती समर्थक थिए । त्यो समाचार संस्थाको जागिर छोडेर नेपाल आएर विवेकशील नेपाली पार्टी त बनाए, तर उनको मण्डले आचरणले त्यो पार्टीको विवेकले लोकतन्त्रमा काम गरेन । अहिले स्थिति भड्काउन प्रधानमन्त्री ओलीले विश्वास गरेर प्रज्ञा प्रतिष्ठानको उपकुलपतिको एक कार्यकाल खाएका ज्योतिष डा. जगमान गुरुङसमेत पस्थिति भड्काउन लागेका छन् । मिश्रले चैत १५ गते निषेधित क्षेत्र तोड्न सहभागीहरुलाई जसरी उक्साए, त्यसको सजाय हत्कडी लाए धन्नका सूत्रधार जगत नेपाल जोगिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *