काठमाडौं । थाइल्यान्डको बैंककमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने भएको छ ।
भारतीय प्रधानमन्त्रीले पनि बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा भाग लिँदैछन् । शिखर सम्मेलनका दौरान दुई मुलुकका प्रधानमन्त्रीबीच शुक्रवार साइडलाइन वार्ता हुने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको हो ।
नेपालका प्रधानमन्त्री ओली हिजै थाइल्यान्ड पुगिसकेका छन् भने भारतका प्रधानमन्त्री मोदी भोलि थाइल्यान्ड पुग्नेछन् । मोदी उतैबाट श्रीलङ्का जाने कार्यक्रम रहेको छ । श्रीलङ्का उड्नुअघि प्रधानमन्त्री अोलीसँग भेटघाटको समय राखिएको श्रोतले बताएको छ ।

