विभिन्न देशका ह्याकिङ गिरोहद्वारा भारतीय प्रणालीहरूमा १० लाखभन्दा बढी साइबर आक्रमण

विविध समाचार

काठमाडौं । पहलगाम आतङ्कवादी आक्रमणपछि पाकिस्तान लगायत विभिन्न देशका ह्याकिङ गिरोहले भारतीय प्रणालीहरूमा १० लाखभन्दा बढी साइबर आक्रमण गरेको छन् ।
महाराष्ट्र प्रहरीको साइबर अपराध अनुसन्धान शाखा, महाराष्ट्र साइबरले बताएको हो । कश्मीरमा अप्रिल २२ मा भएको आतङ्कवादी हमलापछि डिजिटल आक्रमणका घटनाहरूमा वृद्धि भएको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्।

भारतीय वेबसाइट र पोर्टलहरूलाई लक्षित गर्ने यी आक्रमणहरू पाकिस्तान, मध्यपूर्व, इन्डोनेसिया र मोरक्कोबाट गरिएको महाराष्ट्र प्रहरीहरुको भनाई रहेको छ । कयौं ह्याकिङ समूहहरूले आफूलाई इस्लामवादी समूह भएको दाबी गरिएको छ । यसलाई उनिहरुले सम्भवतः साइबर युद्ध हुनसक्ने भनेका छन् । महाराष्ट्र साइबरले कयौँ साइबर आक्रमणहरूलाई विफल पारेको पनि उनिहरुको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *