काठमाडौं । कोशी प्रदेशमा लगानी सम्मेलनमा आर्थिक क्षेत्रका विज्ञहरूले सार्वजनिक निजी साझेदारी अवधारणामा जानुपर्ने लगायतका सुझाव दिएका छन् ।
बिहीबारबाट शुरु भएको लगानी सम्मेलनमा कानूनको समयानुकूल संशोधन, आर्थिक स्वामित्व बढ्दामात्र प्रदेशको स्थायित्व बढ्ने, लगानी अगावै परियोजनाको स्पष्ट खाका ल्याउनुपर्ने साथै दर्जनौं कानूनको समयानुल संशोधन आवश्यक पर्नेमा जोड दिन समेत विज्ञहरुले सुझाव दिएका हुन् ।
लगानी सम्मेलनअन्तर्गत पहिलो दिन आयोजित ‘क्षमता र अन्तर–सरकारी सहयोगः कोशी प्रदेशको सन्दर्भमा नेपालको लगानी इकोसिस्टममा अन्तर्दृष्टि’ विषयक छलफलका विज्ञले नीतिगत विषय सुधार हुँदै गएपनि खुलासीमाका कारण हुने चोरी पैठारीले स्वदेशमा लगानीको वातवारण सिर्जना हुन नसकेको जानकारी दिएका छन् ।