कांग्रेस र एमाले निकट कर्मचारीहरु युनियनको निर्वाचनमा होमिँदै

राजनीति समाचार

काठमाडौं । कांग्रेस र एमाले गठबन्धन सरकार बनेको पाँच महिना लागिसकेको छ । दुई ठूला दल मिलेर बनेको सरकारले आर्थिक समृद्धि र सुशासन कायम गर्ने भने तापनि त्यो गर्न सकेको छैन । कर्मचारीहरुले पनि यो सरकारलाई खासै साथ दिएको पाइँदैन । किन कि कांग्रेस निकट निजामती कर्मचारी र एमाले निकट कर्मचारी संगठनहरु निर्वाचनमा होमिएका छन् ।

कांग्रेस निकट कर्मचारी संगठनले आगामी चैतभित्र निर्वाचन गर्ने तयारी गरिरहेको छ । हालका अध्यक्ष गोपाल पोखरेल बिदा हुँदै छन् । नयाँ कार्यसमितिको निर्वाचनको लागि उपाध्यक्ष उत्तम कटवाल र पुरन गुरुङ भावी अध्यक्ष लड्ने तरखर गरिराखेका छन् । कुटवाल र गुरुङमध्ये आधिकारिक उम्मेदवार कसले पाउने हुन् भन्ने एकिन छैन । महासचिवमा इन्दु शर्मा र जनक रावलको चर्चा छ । त्यस्तै उपाध्यक्षमा कमलप्रसाद भट्टराईको चर्चा छ । इन्दु शर्मा र जनक रावलबीच आधिकारिकता कसले पाउने हुन् एकिन छैन । जनक रावल क्यान्सर रोगले पीडित छन् ।

उनी चन्दा उठाएर उपचार गराइराखेका छन् । त्यसैगरी एमाले निकट कर्मचारी संगठनको निर्वाचन आगामी फागुन महिनामा हुने भएको छ । अहिलेसम्म कुनै पदको उम्मेदवारी तय भएको छैन । अध्यक्षको दावी गर्नेहरु तीन जना देखिएका छन् । त्यसमा भवानी दाहाल, प्रभाष शाह र रेवन्त गौतमले अध्यक्षमा दावी गरेका छन् । तिनैजना हालको कार्यसमितिमा उपाध्यक्ष छन् । अन्य पदहरुको बारेमा अहिलेसम्म संगठनभित्र कुनै छलफल भएको बताइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *