बाँकेको साविक गाबिस अध्यक्षसहित १७ जनाविरुद्ध मुद्धा दायर,सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार

विविध समाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजय कुमार श्रीवास्तवसमेत १७ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले आव २०५७/५८ देखि २०७२/७३ सम्म सामाजिक सुरक्षा भत्ता वितरण गर्दा ६ लाख ५६ हजार ७ सय अनियमिता गरेको आरोपमा साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजय कुमार श्रीवास्तव,कार्यालयका सचिव सावित राम कुर्मी, सचिव अशोक कुमार श्रीवास्तव, कार्यालयबाट सामाजिक सुरक्षा भत्ता बुझी लिने साहजिमा खातुन, अवधराम बढही, राम जिवन पासी, मनोरानी अहिरनी, रामचन्द्र धोबी, लायसरीफ खाँ, मोमिना पठानीन, हामिया पठानीन, नन्कौ मुराउ, जंगली कडरिया, हरीराम अहिर र बारी खाँ, साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयबाट सामाजिक सुरक्षा भत्ता बुझी लिने मोति भुजुवा र सन्तराम बडहीविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *