काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई महिनाका लागि सडक र फुटपाथ खन्नमा रोक लगाएको छ ।
महानगरपालिकाको सार्वजनिक निर्माण विभागले जारी गरेको सूचना अनुसार असार १ गतेदेखि भदौ मसान्तसम्म सार्वजनिक सडक, फुटपाथ खन्न स्वीकृति र सहमति दिने कार्यमा रोक लगाएको हो । । वर्षायाममा सडक र फुटपाथ खन्दा सवारी र पैदलयात्रीलाई आउ–जाउ गर्न गाह्रो हुने भएकाले हरेक वर्ष त्यस्ता काम गर्न रोक लगाउने भएको छ ।
जारी रहेका काम भने नरोकिने महानगरपालिकाले जनाएको छ ।

