अमेरिकाले अन्तर्राष्ट्रिय कानूनको गम्भीर उलंघन गरेको इरानको दाबी

विविध समाचार

काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले संयुक्त राष्ट्रसंघको बडापत्र उल्लङ्घन गरेको आरोप लगाएका छन् ।

उनले अमेरिकाले गरेको आक्रमणले दीर्घकालीन प्रभाव पार्ने उल्लेख गर्दै इरानसँग आफ्नो सार्वभौमसत्ता, आफ्नो हित र आफ्ना नागरिकहरूको रक्षा गर्ने सबै विकल्पहरू रहेको बताएका छन् ।

उनले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्य अमेरिकाले इरानको शान्तिपूर्ण आणविक प्रतिष्ठानहरूमा आक्रमण गरेर संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानून र एनपीटीको गम्भीर उल्लङ्घन गरेको आरोप लगाउँदै इरानमा भएका घटनाहरू क्रूर र यसको दीर्घकालीन प्रभाव पर्ने समेत बताएका छन् । संयुक्त राष्ट्रसंघका प्रत्येक सदस्यले यो अत्यन्तै खतरनाक, अराजक र आपराधिक व्यवहारको बारेमा चिन्तित हुनुपर्ने’ इरानी विदेशमन्त्रीले उल्लेख गरेका छन् ।

अमेरिकाले आइतबार बिहान फोर्डो, नातान्ज र इस्फहानमा इरानको आणविक केन्द्रहरूमा आक्रमण गरेको थियो । इजरायलले इरानमाथिका यी अमेरिकी आक्रमणहरूमा आफ्नो सहयोग पुष्टि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *