काठमाडौं । स्वतन्त्र सांसद डा अमरेश कुमार सिंहले बजेट विनियोजनमा विभेद परेका जिल्लालाई लिजमा अर्को देशलाई दिऊँ भनेपछि प्रतिनिधि सभा बैठकमा लफडा भएको छ ।
संसद्मा बोल्ने क्रममा स्वतन्त्र सांसद सिंहले नेतृत्व गरेका सरकारहरुले आफ्नो पाँचवटा जिल्लामा मात्रै बजेट विनियोजन भएकोले बाँकी जिल्लामाथि विभेद हुँदा देशलाई लिजमा दिउँ भन्ने अभिव्यक्तिप्रति एमाले प्रमुख सचेतक महेश बर्तौलाले त्यस्तो अभिव्यक्ति राष्ट्रघाती भएको बताउँदै यसमा आपत्ति जनाएका हुन् ।
सभामुख देवराज घिमिरेले सिंहले बोलेको कुरा राष्ट्रहित विपरीत रहेको भन्दै शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । त्यसपछि सिंहले सभामुख एमालेको मात्रै हो भन्दै बजेट नजाने बोल्न पनि नपाउने किन भन्दै आक्रोश व्यक्त गरेका थिए । त्यसपछि सत्तापक्षका अन्य सांसद समेत उठेर विरोध गरेका थिए ।

