सत्तापक्षका सांसदहरू बोल्न थालेपछि रास्वपाका सांसदहरु बाहिरिए,छानबिनको माग राखेर २६ दिनदेखि आन्दोलनमा

राजनीति समाचार

काठमाडौं । प्रतिनिधिसभामा सत्तापक्षका सांसदहरू बोल्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू सभाकक्षबाट बाहिरिएका छन् ।

प्रतिपक्षी दलका सांसदहरू बोल्दा वेलमा उभिएर सुनेका उनीहरू कांग्रेस–एमालेका सांसद बोल्ने पालो आएपछि बाहिरिएका हुन् । रास्वपा भिजिट भिसा प्रकरणमा छानबिनको माग राखेर २६ दिनदेखि आन्दोलनमा छ । तर, संसद्‍मा उनीहरूको अवरोधलाई वेवास्ता गर्दै सभामुखले संसद्को कामकारबाही चलाउँदै आएका छन् ।

रास्वपाका प्रवक्ता मनिष झा सत्तापक्षमा रहेको दुई तिहाइको दम्भ नसुन्न बहिष्कार गरेको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *