भूमाफिया र कर्मचारीको सेटिङ्ग कहिलेसम्म ?

राजनीति समाचार

काठमाडौं । भूमि, सहकारी तथा गरिवी निवारणमन्त्रालय एमाले नेता बलराम अधिकारीले सम्हालेका छन् । भूमि मन्त्री अधिकारीले मन्त्रालय सम्हालिइरहँदा सार्वजनिक जग्गा अधिक्रमण गरी भूमाफियाहरुले प्लटिङ गरिरहेका छन्, त्यो पनि विचौलियामार्फत् । सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता र छुट जग्गा कायम गर्ने नाममा भूमि मन्त्रालयमा करोडौंको चलखेल भइरहेको छ ।

त्यो चलखेलमा विचौलिया, कालु गुरुङ, मिनबहादुर गुरुङ, दीपक मलहोत्रा जस्ताले विचौलिया खडागरी सरकारी जग्गा हड्प्न सफल भएका छन् । त्यसको डिजाइन प्रमोद खड्काले गरेका छन् । यिनै विचौलिया र भूमाफियाहरुको डिजाइनमा देशभरका सार्वजनिक जग्गा व्यक्तिले हड्प्ने काम भइरहेको छ । तर, भूमिमन्त्री अधिकारी भने तीनै विचौलियाहरुसँग मिलेमतो गरी कमाउधन्दा सञ्चालन गरेको स्रोतले उल्लेख गरेको छ । त्यसको उदाहरण लिन सकिन्छ मन्त्री अधिकारीले ललितपुर मालपोत कार्यालयमा पठाएका जीवन सेढाईँलाई । सेढाईँले ललितपुर मालपोतमा बसेर जिल्लाभरको सार्वजनिक जग्गा र छुट जग्गा भूमाफियाको सहयोगमा व्यक्तिको नाममा दर्ता गरी करोडौं उठाइरहेको बताइन्छ ।

उनले केही साता अघि मात्रै छुट जग्गा व्यक्तिको नाममा ल्याएर करोडौं असुली गरेको स्रोतको दावी छ । खासगरी ललितपुर, चाबहिल, साँखु, डिल्लीबजार, मनमैजु, कलंकीलगायतका ठाउँमा रहेका मालपोत कार्यालय प्रमुखहरुको मासिक मान्दानी ७ देखि १० लाखसम्म हुने गरेको समाचार स्रोतले बताएको छ । मालपोत कार्यालयमा खरिदार सरुवा हुन २ देखि लाख, नासुको ५ देखि ७ र शाखा अधिकृतको लागि ७ देखि १० लाखसम्म भूमिमन्त्रालयका विचौलियाहरुलाई घुस खुवाउनुपर्ने वाध्यता भएको कर्मचारीले नाम उल्लेख नगर्ने सर्शतामा तामाकोशीलाई बताएका छन् । मालदार अड्डामा तल्लो तहका कर्मचारी सरुवामा त यति ठूलो रकमको चलखेल हुन्छ भने महानिर्देशक र निर्देशकहरु सरुवामा कति ठूलो रकमको लेनदेन हुँदोरहे छ भन्ने आँकलन सर्वसाधारणले गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *