भारतको उत्तराखण्डमा बन्धक बनाइएका ५७ नेपालीको उद्धार,गिरोहद्वारा बन्धक बनाएर रकम असुल्ने नयाँ प्रवृती देखा

विविध समाचार

काठमाडौं । भारतको उत्तराखण्डबाट बन्धक बनाइएका ५७ जनाको उद्धार गरिएको छ ।

दिल्लीस्थित नेपाली दुताबासको पहलमा भारतको सामाजिक संस्था किन इण्डिया तथा उत्तराखण्ड प्रहरीको सहयोगमा गिरोहले बन्दक बनाएका नेपालका १९ जिल्लाका ५७ जना नेपालीलाई उद्धार गरिएको हो । नेपाली दुताबासका अनुसार ५७ जना मध्ये असार ५ गते ३५ जना उत्तराखण्डको काशिपुरबाट र असार ८ गते थप २२ जनालाई उत्तराखण्डको रुद्रपुरबाट उद्धार गरेको थियो ।

दुताबासले आकर्षक रोजगारीको प्रलोभनमा नेपालका विभिन्न जिल्लाहरुबाट भारत पुर्याई संगठित गिरोहद्वारा बन्धक बनाएर रकम असुल्ने नयाँ प्रवृती देखा परेकोले कसैको झुटो आश्वासनमा नपर्न अनुरोध समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *