देशभरका सात सय ५३ वटा स्थानीय तहले आज आगामी वर्षको बजेट सार्वजनिक गर्दै

अर्थ/वाणिज्य विविध समाचार

काठमाडौं । देशभरका सात सय ५३ स्थानीय तहले आज आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्ने भएका छन् ।

असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले मङ्गलबार बजेट ल्याउन लागेका हुन् । संवैधानिक व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र स्थानीय तहले आर्थिक वर्षको राजस्व र व्ययको अनुमान (बजेट) सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने र असार मसान्तसम्ममा पारित गरिसक्नुपर्ने प्रावधान रहेको छ ।

यसअघि जेठ १५ गते संघीय सरकार र असार १ गते प्रदेश सरकारले बजेट प्रस्तुत गरिसकेका छन् । संघीय सरकारले मंगलबार प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारी गरेको छ ।
भरतपुर महानगरपालिकालगायत केही स्थानीय तहले निर्धारित समय अघि नै बजेट सार्वजनिक गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *