कालिञ्चोक गाउँपालिका सभाको १५ औँ अधिवेशनमा ६५ करोड भन्दा बढीको बजेट सार्वजनिक

अर्थ/वाणिज्य समाचार

काठमाडौं । दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

सोमबार बसेको गाउँ सभाको १५ औँ अधिवेशनमा उपाध्यक्ष कुल बहादुर बुढाथोकीले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा प्रस्तावित बजेट सार्वजनिक गरेका थिए ।
आगामी आर्थिक वर्षको लागि संघ तर्फको ४२ करोड ११ लाख, प्रदेश सरकार अन्तर्गतको ८ करोड ३९ लाख ८८ हजार, वित्तीय समानीकरण अनुदान तर्फ १२ करोड ५५ लाख, सशर्त अनुदान चालु तर्फ २७ करोड ५३ लाख, सशर्त अनुदान पुँजीगत तर्फ ३१ लाख, समपूरक अनुदान तर्फ १ करोड ४० लाख र विशेष अनुदान तर्फ ६८ लाख बजेट विनियोजन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *