काठमाडौं । स्व.गणेशमानसिंह पुत्रले गणतन्त्रको नाममा यो वर्ष ५९ करोड ६५ लाख बजेट बाबुआमाको नाममा खर्च गर्न स्वीकृत दिएका छन् । सहरी विकास मन्त्री प्रकाशमान सिंह उपप्रधानमन्त्री समेत हुँदा कांग्रेसले देखाएको त्यो तमासाप्रति अख्तियार त्यसमा चुकेको छ ।जनताको जीवनस्तर कहाँ कस्तो छ त्यो चासो नहुने प्रकाशमानलाई आफ्नै टोल छिमेकले मन नपराउँदा काठमाडौं क्षेत्र नम्बर १ मा गएर उम्मेदवार बन्दा उनलाई शरम भएन ।
समय सधैँ प्रकाशमानको हुँदैन । काठमाडौँ क्षेत्र नम्बर १ ले नयाँ अनुहार खोजेको छ । उनकै दिदी बालमन्दिर जग्गा काण्डमा मुछीएकी छिन् । अख्तियारले प्रश्न ग-यो, अदालतले पक्राउ पुर्जी गर्यो । तर सत्ताको आडमा उनि जोगिन पुगेका छन् । प्रकाशमान कांग्रेस भएर नै जोगिए श्रीमतीलाई महानगरमा मेयर पदमा उठाए त्यतीबेला भएको बदमासी यसपटक छताछुल्ल भएको छ ।
सरकारले टुक्रे योजना स्वीकार नगर्ने भन्दै गर्दा मन्त्री प्रकाशमानले बाबु र आमाका नाममा ५९ करोड ६२ लाख छुट्याएपछि कांग्रेसी बीचमा दरार पैदा भएको छ । धेरैले यस्ता उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्रीलाई कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी गराउन नहुने तर्क दिएका छन् । राष्ट्रिय बजेटको हाकाहाकी दुरुपयोग गर्ने गरी पैसा माग्ने कांग्रेसी विचौलियाहरु तरुण दल अगाडि छ । जो आफैं वैधानिक छैन । सुशील कोइरालादेखि बीपी र कृष्णप्रसादसम्मका कार्यक्रम भवन बनाउने पार्क बनाउने नाममा भ्रष्टाचार भएकै छ । बामपन्थीको आडमा पुष्पलाल,मदन भण्डारी र पोष्टबहादुरको योगदान बेचेर खाने भ्रष्टहरुलाई पनि सिंहले छाडेका छैनन् ।

