संघीयमा आरसी भट्टराई र ढुंगानाको करोडौंको सेटिङ

राजनीति समाचार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जुन सुकै सरकार र मन्त्री फेरिए पनि एमाले निकट कर्मचारीकै बोलबोला किन भईरहन्छ होला ?
जस्तो सामान्यमा हर्ताकर्ता कर्मचारीका रुपमा चिनिन्छन्,आरसी अधिकारी । उनी मन्त्रालयको सबै भन्दा शक्तिशाली मानिने आन्तरिक व्यवस्थापन शाखा हेर्दै आएका छन् । आरसीको दैनिकी एकाबिहान भक्तपुरबाट निस्कने,आफू चढ्ने गाडी नेपाल निजामती कर्मचारी संगठनको अफिसमा राख्ने र बिहानै ववरमहलको एक होटलमा मान्छेहरुसँग भेट गर्ने,साढे दश अगाडि अफिस पुगेर दिनभर होटलतिरै व्यस्थ रहने अनि साँझ पाँच बजेपछि मन्त्रालयमा पुगेर स्वार्थ समूहको योजना अनुसार काम गर्ने गरेका छन् ।

आरसी दैनिकी ६,मन्त्रीका नीजि सचिवदेखि,कर्मचारी प्रशासन महाशाखा हेर्दै आएका उपसचिव कमल भट्टराईको । यी दुई उपसचिवहरु मन्त्रालयमा विरलै भेटिन्छन् । दिनभर मन्त्रालयबाट गायब हुने यी दुई भाई बेलुकी पाँच बजे पछि मन्त्रालययमा जाने र सरुवा भइरहेको बताइए पनि यी दुई भाइसँग एक्सेस नभएका कर्मचारीको सरुवा नै हुँदैन भन्छन्,हाम्रो सम्पर्कमा आएका पीडित कर्मचारीहरु । पछिल्लो समय मन्त्री राजकुमार गुप्तालाई बाइपास गरेर कर्मचारी सरुवामा यी दुई भाइको राज चलिरहेको छ । अहिले सचिवको जिम्मेवारीमा छन्,रविलाल पन्थ ।

पन्थ यस अघि निर्वाचन आयोगमा थिए । आफू सामान्य सचिव भएर आएसँगै दाइ महादेवलाई निर्वाचन आयोगतिर पठाइएको छ । सचिव पन्थको कोर टिममा निर्वाचन आयोगबाट सरुवा भएर आएका कमल भट्टराईले विचौलियाको स्वार्थ अनुसार कर्मचारी सरुवा गर्ने गरेको मन्त्री निकटहरुको आरोप छ । चर्चित मानिएका विचौलिया प्रमोद खड्काकै डिजाइनमा कर्मचारी सरुवा गरेर उनले मनग्यै आर्थिक उर्पाजन गर्न सफल भएको सामान्यकै कर्मचारीहरु बताउँछन् । हालैमात्र भट्टराईले काठमाडौंको मुटु वानेश्वरमा घर जोडेका छन् । यस अघि उनी नेकपा एमालेका सचिव तथा तत्कालीन पर्यटन मन्त्री नेता योगेश भट्टराईको सचिवालयमा थिए । पछि निर्वाचन आयोग हुँदै उनी सामान्य प्रशासनमा छिरेका हुन् ।

यस्तै मन्त्रीको नीजि सचिवको जिम्मेवारीमा छन्,अमित ढुङ्गना । उनी फरेष्टी अर्थात वन सेवाका कर्मचारी हुन् । उपसचिव बढुवा भएपछि मन्त्रीले रोजेर सचिवलायमा त ल्याए तर विश्वास मन्त्रीलाई भन्दा सचिवलाई बढी गर्दछन्,दिनभर मन्त्रीसँग कुरा धुतेर साँझ सचिवको कान फुक्ने गरेको आरोप छ,उनीमाथि । उनी पनि एमालेकै कर्मचारी हुन् । कर्मचारी संगठनका नेताहरुले जसलाई जहाँ सरुवा गर भन्यो त्यो कर्मचारी त्यही सरुवा हुन्छ तर मन्त्री निरिह छन्,अहिले । मन्त्री निकटका कोही कर्मचारीलाई एउटा शाखाबाट अर्काे शाखामा समेत सार्न सक्ने स्थितिमा छैनन्,मन्त्री गुप्ता । हुन त गुप्ताको सचिवालयमा शिव पटेल छन् । उनी अघिल्लो पटक स्थानीय तहको निर्वाचन लडेर पराजय भए पछि मन्त्रीको सचिावलमया भित्रिएका हुन् । उनको राज छन्जेल,पालिकाको प्रमुख प्रशासकीय अधिकृत सरुवामा पाँचदेखि सात लाखसम्म उठाएका थिए ।

जसरी यस अघि भरतमणि सुवेदी सचिव हुँदा मन्त्री र सचिवबीच पानी बाराबार थियो उस्तै हालत छ अहिले मन्त्री र सचिवको । मन्त्रीले भनेको सचिवले नटेर्दा अहिले दुईको ट्युनिङ्ग मिल्न छाडेको कर्मचारीहरु बताउँछन् । खास कारण चाहिँ मन्त्री निजामती विद्येयकमा कुलिङ्ग पिरियड राख्नु पर्दछ भन्ने लाइनमा छन्,सचिव एकनारायण अर्यालकै लिगेसी बोकेर सो प्रावधान हटाउन पर्ने लडाईमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *