काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रालयमा जुनसुकै पार्टीका नता मन्त्री बनेर आए तापनि विवादै विवादमा फस्ने गरेका छन् । कोही मन्त्री कर्मचारी सरुवाको विवादमा पर्छन् भने कोही भ्रष्टाचारको विवादमा मुछिने गरेका छन् । हालकामन्त्री रामकुमार गुप्ता कर्मचारीहरुको ‘कुलिङ पिरिएड’ र संघीय कर्मचारी ऐनको विवादमा फसेका छन् । सो विवादसँगै मन्त्रीकै सचिवालयका र एमाले निकट कर्मचारी संगठनका नेताहरुले मन्त्री गुप्तालाई बद्नाम गर्दै लगेका छन् । मन्त्री गुप्ताले तीनै कर्मचारीहरुको उस्साहटमा गर्नै नहुने काम पनि नियम मिचेर गर्दै आएका छन् ।
तर, एउटा मामिलामा भने मन्त्री गुप्ता सफल भएका छन् । संघीयमन्त्रालयमा बरन्डामा कर्मचारी थन्क्याएर राख्ने आरोप लाग्ने गरेको थियो । तर, पछिल्लो पटक प्रधानमन्त्री कार्यालय र अख्तियारको पत्रले गर्दा बरन्डामा थन्क्याइएका कर्मचारीहरुलाई जिम्मेवारी दिइएर सरुवा गरिको छ । अर्को सुत्केरी, क्यान्सर पीडित र अशक्तहरुलाई संघीयमा राखिएको छ भने अन्यलाई कामको जिम्मेवारी दिएर पठाइएको छ । त्यसले गर्दा अहिले संघीय मन्त्रालयको बरन्डामा थन्किने कर्मचारी न्यून देखिन्छन् । तर, यसअघिका संघीयमन्त्रीहरुले यही काम पनि गर्न सकेका थिएनन् ।
मन्त्री गुप्तालाई भ्रष्टाचार र अनियमितता गरेको आरोप लागे तापनि बरन्डामा थन्क्याएर राखिएका कर्मचारीलाई जिम्मेवारी दिएकोमा जस पाएका छन् । त्यो काम गृहमन्त्रालयले गर्न सकेको छैन । गृहमन्त्रालयमा अझै सहसचिव र केही उपसचिवहरु बरन्डामा थन्किइरहेका छन् । कतिपय सहसचिव र उपसचिवहरुले आफूले रोजेको जिल्लामा जान नपाएको र मन्त्रालयमा कुर्सी पनि नपाएको गुनासो त्यत्तिकै गरेका छन् ।
उता, गृहसचिव गोकर्णमणि दुवाडीले गत हप्ता दुई सिडिओलाई लेनदेनको आधारमा अनावश्यक सरुवा गरेर आर्थिक लाभ लिएको आरोप छ । त्योसँगै भिजिट भिसामा पनि गृह सचिव ढुवाडीको संलग्न रहेको स्रोतले उल्लेख गरेको छ । तर, मन्त्रीलाई दोष देखाउने र सचिवलाई चोख्याउने काममा मिडियावाजी गरेको आरोप पनि त्यत्तिकै छ । गृहमन्त्रालयमा पुरानै गिरोहहरुको सक्रियता रहेको छ । उनीहरुकै डिजाइनअनुसार गृहमन्त्रालयदेखि अध्यागमन कार्यालयमा सेटिङ चल्ने गरेको स्रोतको दावी छ ।

