आफ्नो अन्तर अस्तित्व चिन्न दृष्टि दिने व्यक्तिलाई गुरु र संसारको बारेमा सिकाउनेलाई शिक्षक भनिन्छ:प्रधानमन्त्री ओली

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु अन्धकारबाट प्रकाशमा पुर्‍याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र भएको बताएका छन् ।

आज गुरु पुर्णिमाको अवसरमा सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले गुरु पूर्णिमाको पवित्र दिन हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् भन्दै हामीलाई अरुमाथि प्रश्न गर्ने होइन, आफ्नो आन्तरिक सत्यमा प्रकाश दिने साक्षात् ‘दीप’ चाहिएको उल्लेख गरेका छन् ।

गुरु पूर्णिमालाई महर्षि व्यास जयन्तीका रूपमा पनि लिइने गरेको बताउँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हाम्रो प्राचीन पूर्वीय सभ्यताले आफ्नो अन्तर अस्तित्व चिन्न दृष्टि दिने व्यक्तिलाई गुरु भन्छ र संसारको बारेमा सिकाउनेलाई शिक्षक भन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *