कांग्रेसभित्र थरीथरीको जात्रा

राजनीति समाचार

काठमाडौं । जात्रा थरीथरीका हुन्छन् । त्यसमा पनि कांग्रेसभित्रको जात्रा छुट्टै देखिन्छ ।मुख्यमन्त्रीविरुद्ध २१ सांसद एक ठाउँमाहुँदा मुख्यमन्त्रीले संसदीय दलको नेता छोड्नुपर्ने थियो । आफ्नै क्याबिनेटका चार मन्त्रीले पद त्यागेपछि तिनै मुख्यमन्त्री बर्खास्तमा परे ।

त्यसले गर्दा कांग्रेस पार्टीले चमत्कार गर्छ । जनआन्दोलनका लोकप्रिय युवा नेता अर्थमन्त्री छन् उनी योजना बेच्छन् बागमती प्रदेशको सरकारको यो रमिताले न त कांग्रेसका सभापतिलाई बोल्छन् न त प्रधानमन्त्रीलाई लाज भएको छ । पार्टीका मन्त्रीले कर्मचारी सरुवा गर्न र भूमाफियासँग सेटिङ मिलाउन ७८ लाख झ्वाम पारेको भिडियो भाइरल भइरहँदा प्रधानमन्त्रीले त्यसलाई सत्य ठान्दैनन् ।

कांग्रेस र एमाले मिलेपछि जे पनि हुन्छ गोरु गाई बन्छ भ्रष्ट सज्जन हुन्छन् भन्ने कुरा सरकारका गतिविधिले देखाएको छ । जुन सरकार भ्रष्टाचारमा डुब्छ, केन्द्र प्रदेश स्थानीय जताततै भ्रष्टाचार बढिरहेको छ । अख्तियारको विशेष न्यायालय नै बोल्यो । यहाँ भन्दा बढी समृद्धि र विकास अरु कतै खोज्न जानै पर्दैन । तर प्रधानमन्त्री भन्छन्, भ्रष्टाचारीको मुख हेर्दिन । पार्टीको छत्रछायाँमा रजाई गर्ने नेताहरु प्रसस्त छन् । जनताले सरकारको आशा गरेको छैन । राज्य स्रोतको अभावमा कर्मचारी पाल्न राज्यले ऋण उठाउनुपर्ने र दाताको आस गर्नुपर्ने अवस्था भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *