काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनका महासचिव हुन् रामचन्द्र अधिकारी आरसी । संगठनको अघिल्लो कार्यकालमा उनी उपमहासचिव थिए र पानी बढुवा भएर महासचिव भए । अधिकारी विगत लामो समयदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रजगज गर्दै आएका छन्् । उनी त्यहाँबाट सरुवा नहुनुपर्ने कारण कसैलाई जानकारी छैन । एउटा सामान्य नासुलाई सहसचिव बराबरको हैसियत दिइएको पाइन्छ ।
उनलाईं छुट्टै रुम र सरकारी गाडी प्रयोग गर्न दिइएकोे छ । आरसीको रुममा अधिकांश कर्मचारीहरू सरुवाका लागि जान्छन् । मन्त्रालयमा कहिल्यै नभेटिने आरसीलाई आफ्नो रुममा को–को कर्मचारी आएका छन् भनेर उनका सहयोगीले फोन गरेर जानकारी दिन्छन् । आरसीले मालपानी बुझाउने कर्मचारीलाई सिंहदरबार आसपासका होटेलमा भेट्ने गर्दछन् । मालपानी नबुझाउने कर्मचारीहरूलाई भेट्न होइन फोनसमेत उठाउने गरेका छैनन् । आरसीले सुविधामा पाएको गाडी कहिल्यै पनि मन्त्रालयमा प्रवेश गराउँदैनन् । सो गाडी नेपाल निजामती कर्मचारी संगठनको कार्यालयमै राख्ने गर्दछन् । गाडी छोडेर ‘लेप्ट, राइट’ गर्दै मन्त्रालयतिर हिड्ने गर्दछन् ।
स्रोतका अनुसार केही कर्मचारीहरूले आरसी चड्ने गाडीउपर वाणिज्य विभागमा उजुरी दर्ता गराएका थिए । तर, वाणिज्य विभागका महानिर्देशक कुमार दाहाल के हेरेर बसिरहेका छन् ? कि आरसीलाई कारबाही गर्न डराइरहेका छन् । स्रोत भन्छ, ‘उनीहरूबीच वाणिज्य विभागमै भेटघाट भइसकेको छ । र, भोला पोखरेल र पुण्य ढकालगायत एमाले निकट कर्मचारी नेताले आरसीको गाडी नतान्न आग्रह गरेका थिए । त्यसकारणले पनि अधिकारीलाई वाणिज्य विभागले कारबाही गर्न सकेको छैन । अधिकारीले आफ्ना कालाकर्तुत ढाकछोप गर्न अन्य दलनिकट टे«डयुनियनका नेताहरूलाई ८÷८ लिटेरको पेट्रोल अथवा डिजेलको कुपन बाड्ने गरेका छन् ।
मन्त्रालय स्रोतका अनुसार कहिल्यै पनि कार्यालय समयमा हाजिर नहुने, बाहिरबाहिर डुलेर दिन बिताउने र होटेलमा बसेर कर्मचारी सरुवा गर्ने काम मिलाउने गर्दछन् । आरसीका विश्वास पात्रहरू पनि टाढिन थालेका छन् । स्रोत भन्छ, ‘विश्वास पात्रकै मान्छे सरुवा गर्दा लेनदेन भएको थियो ।’ त्यसपछि उनीहरूको बोलीचाली बन्द हुन पुग्यो । अर्का पराजुली थरका कर्मचारीले एमालेको आडमा भक्तपुरमा घरघडेरी जोडी सकेका छन् भने ३० देखि ५० लाख सम्पत्ति आर्जन गरेको र निजी गाडी चढेर हिड्ने गर्दछन् । स्रोत भन्छ, ‘सेतो धन भएको भए, पराजुलीले गाडी मन्त्रालयमै भित्र्याउथे ।’
तर, कालो धन भएकाले आफ्नो गाडी किन बाहिर लुकाएर राख्ने गर्दछन् । आरसी र पराजुलीको सम्बन्ध नङ र मासु जस्तै भएको कर्मचारी स्रोतको भनाइ छ । मन्त्रालयमा आरसी नहुँदा पराजुली उनको बचाउ गर्न लागिपर्दछन् । भौतिक स्रोतका अनुसार दुई हप्ता अगाडि यी दुई नासुले एक सह–सचिवलाई सडक विभागको महानिर्देशक बनाउँछौं भन्दै सचिव शर्मासँग लभिङ गर्न पुगेका थिए । त्यहाँ उपस्थित एक अधिकारीका अनुसार सडक विभागका महानिर्देशक फेरिएको दुई महिना पनि पुगेको छैन । तर, आरसी भने हालका सडक विभागका महानिर्देशकलाई जसरी पनि फेर्नै पर्ने भन्दै अडान कसिरहेका थिए । आरसीले भन्ने गर्दछन्, ‘एमाले भएको ठाउँमा कांग्रेसलाई कसरी दिइयो ? ।’
सचिव शर्माले नमाने मन्त्री दाहाललाई नै लभिङ गर्ने भन्दै थिए । तर, भौतिक मन्त्री देवेन्द्र दाहाल र सचिव शर्माकै मिलेमतोमा तत्कालीन महानिर्देशक रामहरि पोखरेललाई हटाएर डा. विजय जैसीलाई गत जेठ १२ गते पाँच करोड बोलकबोल गरेर महानिर्देशक बनाइएको थियो ।
जैसी कांग्रेस निकट कर्मचारी हुन् भनिन्छ । तर, जैसी छेपारोले रंग फेरेझैं राजनीतिक नेताहरू मनाउँदै कर्मचारी संगठनका नेताहरूलाई हातमा लिएर मालदार अड्डामा पुग्ने कर्मचारी हुन् । किन कि जैसी कांग्रेस निकट कर्मचारी भए तापनि एमालेका मन्त्री र सचिवसँग बोलकबोल गरी महानिर्देशक बन्न सफल भएका व्यक्ति हुन् । तर, जैसी भौतिक पूर्वाधारको काम गर्नेभन्दा पनि आफ्नो लगानी उठाउन व्यस्त रहने गरेको स्रोतले उल्लेख गरेको छ ।

