‘लम्पी स्किन’ रोगका कारण देशभर २७ हजार ४ सय २५ पशुचौंपाया संक्रमित, सबैभन्दा बढी कोशी प्रदेशमा

विविध समाचार

काठमाडौं । मुलुकका ६ प्रदेशका २९ जिल्लामा गाईभैंसीमा लाग्ने ‘लम्पी स्किन’ रोग संक्रमण फैलिएको छ ।

लम्पी स्किनबाट देशभरि ८ सय ४६ पशुचौंपाया मरिसकेको पशुसेवा विभागले जानकारी दिएको हो । २७ हजार ४ सय २५ पशुचौंपाया यस रोगबाट संक्रमित भएका छन् ।
विभागका अनुसार लम्पी स्किन कोशी, बागमती, लुम्बिनी, मधेस, कर्णाली र गण्डकी प्रदेशमा फैलिएको छ । यो रोग सबैभन्दा बढी कोशी प्रदेशमा फैलिएको छ ।लम्पी स्किन संक्रमण मधेसका ८ जिल्ला, बागमतीको ५ जिल्ला, लुम्बिनीका ३ जिल्ला, गण्डकी र कर्णालीको १÷१ जिल्लामा फैलिएको छ । सुदूरपश्चिममा भने हालसम्म रोगको पुष्टि नभएको विभागले जनाएको छ ।

विवरण अनुसार मधेशमा ४ हजार ४ सय ९२ पशु संक्रमित भएका छन् भने १ सय ७९ पशु मरेको छ । बागमतीमा लम्पी स्किन रोगबाट ३० पशु मरेको छ भने ७ सय ९३ पशु संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *