देशभर करिब १४ लाख हेक्टर जमिन खेतीयोग्य जमिन मध्ये ९१ प्रतिशत धान रोपाइँ सम्पन्न

विविध समाचार

काठमाडौं । देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।

गत वर्ष यो तुलनामा आठ प्रतिशतले बढी रोपाइँ भएको थियो। देशभर करिब १२ लाख ५४ हजार हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको छ। मुलुकभरि करिब १४ लाख हेक्टर जमिन खेतीयोग्य रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिममा सबैभन्दा बढी ९९ दशमलव सात, कर्णाली र लुम्बिनी प्रदेशमा ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालय अनुसार भदौ दोस्रो सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ।पछिल्लो पटक विकास भएका ज्ञान, सीप, प्रविधि तथा उन्नत जातका बीउबिजनको विकासका कारण उत्पादन वृद्धि हुने समेत अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *